Techie IT
Mission Khabar

हवाई उडान अग्रिम बुकिङ : एयरलाइन्स भन्छन्,–६० प्रतिशत टिकट सकियो टिकट अभाव निश्चित छ


काठमाडौं– दशैँ आउन दुई साता बाँकी रहँदै ६० प्रतिशत हवाई टिकट सकिएको छ । वायु सेवा प्रदायक कम्पनीको टिकट यसरी अहिलेदेखी नै अग्रिम बुकिङ हुँदा लामो तथा दूर्गम गन्तब्यमा ढिलो गरि जाने सर्वसाधारण मारमा पर्ने भएका छन् ।

हवाई सेवा सञ्चालन गरिरहेका सरकारी तथा नीजि सेवा प्रदायकले दसैं शुरु हुनुभन्दा निक्कै अघि नै अधिकांश गन्तब्यका टिकट बेचेका छन् । फुलपातीदेखि टिकाको दिनसम्मका अधिकांश उडान बुक भएको बताइएको छ । सरकारी सेवा प्रदायक नेपाल वायुसेवा निगमले दसैं सुरु हुनु अवागै सम्पुर्ण ठाँउको बुकिङ सकेको छ । निगमले केहि दिन अघि मात्र दशैको लागि भन्दै तीनवाट आन्तरिक उडानका नयाँ जहाज थपेपनि दशै यात्राको टिकट अभाव हुने देखिएको छ ।

यता, निजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयर तारा एयर लगायत पनि फुलपातीदेखि टिका सम्मकै अधिकांश टिकट बुक भएको बताउँछन् । उनीहरु त दशैँको ६० प्रतिशत भन्दा बढी टिकट बुकिङ भैसकेको बताउँछन् । दशैको केही दिन अघिको टिकट त झनै पाउन मुस्किल हुने एयरलाइन्सहरु नै बताउँछन् । काठमाडौंबाट विराटनगर, भद्रपुर, तुम्लिङटार, भोजपुर, धनगढी रुटका अधिकांश टिकट बुक भइसकेका छन भने अन्य उडानको टिकट पनि एक दुईदिनमै सकिने ट्राभल एजेन्सीहरु बताउँछन् ।

उडान घट्दै जाने अनि दशैँ नजिकिएसँगै अग्रिम हवाई टिकट बुकिङ बढ्ने क्रमले पनि उडान समस्या बर्सेनी बढ्नेगरेको बताइन्छ । नेपाल वायुसेवा निगम सहित दस वायुसेवा कम्पनीले विभिन्न २८ गन्तब्यको आन्तरिक उडान भर्दै आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्