Techie IT
Mission Khabar

चाडपर्वसँगै सक्रिय बन्ने बजार अनुगमन, न रोकिन्छ कालोबजारी न घट्छ मुल्य


काठमाडौं /बिराटनगर /दाङ– चाडपर्वसँगै सरकारी अनुगमन टोली बजार झर्ने प्रचलन हिजोदेखी कै निरन्तरता हो । हो अहिले पनि बजारमा अनुगमनको सिजन सुरु भएको छ । काठमाडौं उपत्यका मात्रै होइन, भरतपुर, हेटौडा, पश्चिम नेपालको बुटवल, दाङ, पूर्वी नेपालको इटहरी बिराटनगर लगायतका शहरमा अहिले अनुगमन टोलीको दौडधुप छ ।

यो बजार दौडले केही पसल र व्यवसायीक फर्म सिल पनि गरेको छ तर कालोबजारी र बजारमा बढ्दो क्रममा रहेको महंगी रोक्न सकेको छैन । काठमाडौंमा मात्रै मंगलबार संगम स्विटले अखाद्य रंग प्रयोग गरेको भेटिएपछि पसल सील गरियो । अनि दाङमा पनि अखाद्य बस्तु विक्री हुने गरेको र दर्ता विना नै पसल चलाइएको भन्दै व्यापारिलाई सचेत गराएर छाडेको छ ।

चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय एवं स्थानीय तहबाट अनुगमन सुरु गरेर मात्रै बजारको अनियमितता र महंगी नरोकिने उपभोक्ता स्वयम बताइरहेका छन् । यता, कानुन मान्नुपर्छ, उपभोक्ता स्वास्थ्यप्रति सचेत बन्नुपर्छ भन्ने सरकारी आग्रह मान्न व्यापारी पनि तयार देखिदैनन । बरु गलत गर्न पाउनुपर्छ भनिरहेका छन् ।

यसैपनि उपभोक्तामारा व्यवसायी बिरुद्धको कानुन कमजोर त्यसमाथी पनि मौसमी अनुगमन यसको प्रत्यक्ष मार खेप्नुपर्ने बाध्यता उपभोत्त mमा दिनप्रतिदिन बढिरहेको छ । आखिर बजारको यो मनोमानी रोक्ने कस्ले ?


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्