कहिल्यै नहट्ने सडकको पार्किङ, ट्राफिक समस्या पनि उस्तै

काठमाडौं /नारायणगढ /इलाम । अहिले देशका ठूला शहरका अधिकांश सडक फराकिला भएका छन् । साँघुरा सडकले पनि विस्तारको गति पाइरहेका छन् । तर विस्तार र निर्माणको गति निक्कै सुस्त छ भन्ने कुरा आफै छर्लंग हुँदैआएको छ ।
काठमाडौंमा फराकिला बनाइएका सडक पार्किङका लागि उपयोगी भैदिदा यो समस्या देशैभर विस्तारित भएको छ । भित्रि सडक मात्रै होइन, अहिले देशका राजमार्गमा समेत मालबाहक सवारीको पार्किङ सास्ती बनेको छ ।
इटहरी बजार यस्तै पार्किङले अस्तव्यस्त र कुरुप बन्दैगर्दा इलामको सुर्योदय नगरपालिकामा मेचि राजमार्गलाई नै पार्किङ्गस्थल बनाइएको छ । व्यवस्थित वसपार्कको अभावमा ग्रामीण रुटमा चल्ने गाडि र पर्यटकका गाडि सडकमै पार्किङ्ग गरिदै आइएको छ ।
सडकलाई पार्किङका नाममा दुरुपयोगी गरिदा ट्राफिक व्यवस्थापनमा समस्या झेलिरहेको छ, प्रहरीले । यता, कन्याम, फिक्कल, पशुपतिनगर, हर्कटे क्षेत्रमा पार्किङ्गस्थल नै छैनन । यहाँ पर्यटकीय गाडि राजमार्गमै पार्किङ्ग गरिन्छ । नारायणगढ, पोखरा, बुटवल लगायतका क्षेत्रमा पनि यो समस्या निक्कै धेरै छ ।
सडकको प्रयोग भन्दा बढी दुरुपयोग भैदिदा प्रहरीका लागि ट्राफिक व्यवस्थापन चुनौती बन्दै आएको छ । गाडीका तुलनामा पार्किङ स्थल निक्कै कम भैदिदा पनि सडकको पार्किङ र जामले निरन्तरता पाइरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking, #hot, #tag
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्