Techie IT
Mission Khabar

हाछेथुको ट्राफिक भवन मोह, सातदोबाटोमा बन्यो चौँथो ट्राफिक भवन


काठमाडौं – प्रहरी इन्स्पेक्टर सीताराम हाछेथु । उनी सबैभन्दा परिचित पात्र बनेका छन्, नेपाल प्रहरीमा । कहिले सडकमा नाच्ने त कहिले एकै छिनमा जाम तमाम गर्ने ट्राफिक व्यवस्थापनमा पनि अब्बल मानिन्छन हाछेथु ।

उनै शालिन र मेहनती ललितपुरका ट्राफिक प्रहरी प्रमुख हाछेथुले सातदोबाटोमा भवन ठड्याएका छन् । त्यो पनि निक्कै छोटो समयमा आकर्षक र अत्याधुनिक । धूलोधुवाँ घामपानी केहीले पनि असर गर्दैन उनलाई, बरु जतिबेला पनि कर्मथलोमा भेटिन्छन् हाछेथु । हो यीनै मेहनती प्रहरी इन्स्पेक्टरले आफू कार्यरत रहेका काठमाडौंका चार स्थानमा ट्राफिक कार्यालय ठड्याएका छन् । कालीमाटीबाट सुरुभएको भवन निर्माण दरबारमार्ग, कोटेश्वर हुँदै ललितपुरको सातदोबाटोसम्म पुगेको छ ।

भर्खरै निर्माण सम्पन्न भएको सातदोबाटोको ट्राफिक प्रहरी भवन आगामी फूलपातिको दिन उद्घाटन गर्ने हाछेथुको तयारी छ । सरुवा भएर कालिमाटी पुगेपछि बस्न र सुत्नमा भोगेको समस्याबाट अभिप्ररित भएर ट्राफिक भवन निर्माणलाई निरन्तरता दिएको हाछेथु बताउँछन् । टाइसूट लागाएर ट्राफिक व्यवस्थापन गर्ने तर साँझ कार्यालय फर्किँदा ढल गन्हाउने, बस्ने ठाउँ नहुने, पाहुना आउँदा लाजले शिर निहुराउनुपर्ने समस्याको अन्त्यका लागि फहल मात्रै गरेको भन्छन्, हाछेथु ।

१२ लाखको लगानीमा ६ महिनामै स्थानीयको सहयोग लिएर कालिमाटीको भवन निर्माण गरेका हाछेथुको संरचना अभावको समस्या टार्ने पहिलो उदाहरणीय काम थियो । त्यसपछि कोटेश्वर पुगेका उनले ३ रोपनी जग्गा आफैले खोजे । यति मात्रै होइन,उनले बाहिरबाट आउने टिफरसँग ५ देखि १० वटा इँटा र बालुवाका गाडीसँग ३ देखि १० साबेलसम्म बलुवा मागेर भवन ठड्याए । उनले कोटेश्वरबाट सरुवा भएपछि दरबारमार्गमा पनि उस्तै रणनीति अपनाएर आकर्षक भवन बनाइदिए ।

जहाँ इच्छा त्यहा उपाय भनेजस्तै जहाँ पुग्छन् त्यही हाछेथुले भवन बनाउदै ट्राफिक कर्मचारीको दुख र कार्यालयको अभाव टारिरहेका छन् । अझ १० आना जग्गामा भवन निर्माण गरिएको सातदोबाटोको ४ तले भवनमा भ्यूटावर समेत राखिएको छ । बढ्दो जाम रोक्न सचेतना महत्वपुर्ण हुने बताउँने उनै मेहनतका खानी हाछेथु ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम अनिवार्य गर्नुपर्ने बताइरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्