Techie IT
Mission Khabar

सरकारी र सामुदायिक विद्यालयको शुल्क असुली, बहानाबाजीमा संबैधानिक व्यवस्था लत्याउनेलाई भएन कारबाही


ललितपुर/सर्लाही/कैलाली – संविधानले नै माध्यामिक शिक्षालाई निःशुल्क तथा अनिवार्य गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर अझैपनि देशका सयौँ विद्यालयले देशको मुल कानुन र बाध्यकारी व्यवस्थालाई चुनौति दिँदै विद्यार्थीसँग मासिक शुल्क असुली गरिरहेका छन् ।

दुरदराजमा मात्रै होइन, यो समस्या काठमाडौं उपत्यकामा पनि विद्यमान छ । ललितपुरको नमुना मच्छिन्द्र लगायतका विद्यालय विभिन्न शिर्षकामा विद्यार्थीसँग शुल्क असुलिरहेका छन् । तर उनीहरुमाथी कुनै कारबाही हुन सकेको छैन । यो समस्या देशको सुगमदेखी दुर्गमसम्म र तराईदेखी पहाडसम्म छ । सर्लाहीको चन्द्रनगर गाउपालिका वडा नं २ बबरगंजमा रहेको श्री दुर्गा खोभारी जनता माविले विकास शुल्कको नाममा विद्यार्थीसँग मासिक शुल्क लिदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीसँग यो विद्यालयले क्रमश १ सय ३० रुपैयाँ देखि १ सय ७० रुपैयाँसम्म असुल्छ । निजी श्रोतबाट भर्ना गरिएका ८ जना शिक्षकलाई तलब दिन शुल्क लिइएको दाबी विद्यालयको छ ।

संबैधानिक व्यवस्था बिरुद्धको शुल्क असुलिलाई चन्द्रनगर गाउपालिका जनप्रतिनिधिले पनि साथ दिएका छन् । जनप्रतिनिधि नै शुल्क असुली बाध्यता भएको बताउँछन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई भने निशुल्क र अनिवार्य शिक्षाको संबैधानिक व्यवस्था बिरुद्धको कामकारबाही बारे उजुरी भए कारबाही गर्ने तर्क गर्छ । यो प्रतिनिधि विद्यालय मात्रै होइन्, जिल्लाका दर्जनौँ विद्यालयले यसरी नै विद्यार्थीसँग विभिन्न शिर्षकमा शुल्क असुली रहेको अभिभावकको गुनासो छ ।

यता, बैतडीको कैलाश निमावि, केदार निमाविले पनि नीजि शिक्षकलाई तलब खुवाउन भन्दै शुल्क उठाउँदै आएका छन् । बझाङको बालविकास उमावि गोलाइ, सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा मात्रै होइन्, प्रदेश ७ का विभिन्न जिल्लासँगै अन्य स्थानमा पनि विभिन्न बहाना जुराएर विद्यार्थीसँग शुल्क असुली भैरहेको छ ।

विद्यालयले अनावश्यक शुल्क लिएर कमाई खाने भाडो बनाएको बारे स्थानीय अभिभावकले गुनासो नगर्दा कारबाही हुन सकेको छैन । अनि सरकारले पनि कानुन विपरितका काम गर्ने विद्यालयलाई नियमन गरेर शुद्धिकरण गर्न नसक्दा विद्यार्थी र अभिभावक मारमा परेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्