Techie IT
Mission Khabar

एसएसबीको ज्यादती र लुटीएको ब्यथा, भारतबाट स्वदेश फर्किने नेपालीको गुनासो कि वास्तविकता ?


धनगढी\झापा\पर्सा – नजिकिएको चाडपर्वले काठमाडौं केन्द्रित बनेकालाई मात्रै होइन्, प्रवासमा रहेका नेपालीलाई समेत स्वदेश ल्याइरहेको छ । खाँडीमा कार्यरतहरुले बिदा नपाएका कारण निक्कै कमले मात्रै स्वदेश फर्किने अवशर पाउँदा युरोप, अमेरिकामा रहेका नेपालीहरु चाडपर्वसँगै घर आउने चाँजोपाँजो मिलाइरहेका छन् ।

यता, भारतमा रहेका नेपालीहरु सबैभन्दा बढी स्वदेश फर्किएका छन् । विगतको आँकडा हेर्दा यो क्रम टिकाको दिनसम्मै जारिरहन्छ । भारत बाहेकका मुलुकबाट स्वदेश फर्किने सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै घर फर्किने भएकाले त्यति समस्या छैन । विमानस्थलको बाटोबाट स्वदेश फर्किदैगरेका हरु ट्याक्सी भाडा र गाडी भाडामा सामान्य ठगिएको गुनासो मात्रै गर्छन । तर भारतीय सीमानाका हुँदै स्वदेश फर्किएका नेपालीसँग भने गुनासोको पोको नै छ । भारतीय सीमा सुरक्षा बल एसएसबी बाट पीडित भएको बताउने नेपाली सीमानाकामै लुटिएको गुनासो गरिरहेका छन् ।

 यस्तो गुनासो पश्चिम नेपालको गौरिफण्टा र गड्गाचौकीमा सबैभन्दा बढी छ । यो नाका भएर दैनिक ७ सयको हाराहारिमा स्वदेश फर्किएको सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीहरु बताउँछन् । प्रहरीसम्म निक्कै कम गुनासो पुगेपछि सिमा नाकामा बिभिन्न बहानामा रकम असुली हुने र लुटिने क्रम भने रोकिएको छैन । अनि पूर्वी सीमा नाका काकडभिट्टा, जलेश्वरसँगै वीरगञ्ज सिमानाकामा पनि केही छिटफुट गुनासाहरु छन् । यी नाकाबाट स्वदेश फर्किएका केही लुटिएको त केही भारतीय सीमा सुरक्षा बल एसएसबीबाट अनाहकमा प्रताडित भएको गुनासो गर्छन ।

निरन्तर दोहोरिने सीमा नाकाको यस्तो समस्या समाधानमा किन सरकारी पहल हुँदैन ? सरकारले आगामी दिनमा समस्या नआउनेगरि कुटनीतिक पहल गर्नुपर्छ । स्वदेश फर्किदा निरन्तरको सास्ती व्यहोर्न नेपाली यहि अपेक्षा गरिरहेका छन् ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्