गोस्वारा हुलाक : सेवा परिवर्तनको आवश्यकता कि, राज्यका लागि बोझा ?

काठमाडौं– कुनै बेला संवाद आदान प्रदानको एक मात्र माध्यम मानिन्थ्यो हुलाक । चिठी बुझ्न होस् वा पठाउन्, हुलाकमा निक्कै लामो भीड लाग्थ्यो । तर सूचना प्रविधिले हातहातमा मोवाईल सेवा पुर्याएपछि हिजो नभै नहुने हुलाक बोझ बन्न थालेको छ ।
देशका कतिपय स्थानमा हुलाकै नासिएका छन्, भने भएका गोस्वारा हुलाक कार्यालय जाखिर खाने थलो मात्रै बनेका छन् । राज्यले अहिले पनि हुलाक सेवामा तीन अर्बको बजेट निकासा गरिरहेको छ । हुलाक विभाग अन्तरगत नीजामतीका सात हजार र अस्थायी १० हजार गरेर १७ हजार कर्मचारी पनि छन् । तर चिठि आदानप्रदान ठप्प भएको हुलाक आफ्नो अस्तित्व नै संकटमा पर्ने अवस्थामा छ । हुलाकमा सेवाग्राहीको भीड छैन तर कर्मचारी आफुहरुमाथि कामको बोझ बढेको बताइरहेका छन् ।
अन्य राष्ट्रले नविनतम प्रविधिलाई आत्मसात गरेर हुलाकको महत्व बढाउदैगर्दा हाम्रो गोस्वारा हुलाक भने पार्सल पठाउन र सरकारी चिठी पत्र पठाउनमै सिमित छ । सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता लिएको नेपाल हुलाकलाई विश्वस्तरिय सुधार गर्न लाग्ने कि दिवस मात्रै मनाएर कर्मचारी पालिरहने ?
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्