Techie IT
Mission Khabar

अबैध सम्बन्ध लुकाउने काईदा, प्रतिएक घण्टामा २१ महिलाले गर्छन्, असुरक्षित गर्भपतन


काठमाडौँ– सरकार सुरक्षित गर्भपतनको कुरा गरिरहेको छ । यहि प्रयोजनका लागि भन्दै देशभरका विभिन्न स्थानमा गर्भपतन सेन्टर पनि खुलेका छन् । जसलाई राज्यबाट गर्भपतन गराउने अधिकार प्रत्यायोजित छ ।

पछिल्लो समय सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउने युवतीको संख्या बढ्दो क्रममा देखिएको छ । यो आफैमा चुनौतीपुर्ण पनि हो । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनले गत वर्ष देशभर ९६ हजार ४ सय १७ महिलाले सुरक्षित गर्भपतन गराएको देखाएको थियो । तर पछिल्ला विभिन्न अध्ययनले प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँनेगरेको देखाएका छन् । प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाको अध्ययन अनुसार नेपालमा वर्षेनी एक लाख ८६ हजार १ सय ४४ असुरक्षित गर्भपतन हुने गरेको छ । अनिच्छित गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउनुपर्छभन्ने मान्यता छ । जुन महिलाको स्वास्थ्यका लागि पनि अनिवार्य हो ।

आवश्यक सीप नभएका व्यक्ति अर्थात तोकिएको मापदण्डअनुसारको सुविधा नभएको स्थानमा गर्भपतन गराउनेहरुको संख्या बढ्दा जोखिम पनि उत्तिकै बढेको छ । सीप नभएका र सुरक्षित नभएको स्थानको गर्भपतन सेवाका कारण पनि असुरक्षित गर्भपतन बढेको देखिन्छ । अध्ययन अनुसार मा ४२ प्रतिशत सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन भएको पाइएको छ । कानूनीरुपमा सुरक्षित गर्भपतनको अवधारणा शुरु भएको १६ वर्ष पुगेको छ । तर यो बीचमा असुरक्षित गर्भपतन गराउनेहरु सुरक्षितका तुलनामा दोब्बर छन् ।

विसं २०५९ असोज १० गते कानूनी मान्यता पाएको सुरक्षित गर्भपतन गराउनेको संख्या अहिलेसम्म १३ लाख नाघ्न सकेको छैन । बरु लहडमा, प्रेमिल बहानामा असुरक्षित तरिकाबाट हुदैआएको सारिरिक सम्बन्ध र त्यसबाट रहन गएको गर्भधारणलाई लुकाउन गर्भपतन सुविधा प्रयोग गर्नेहरुको संख्या बढ्दा जोखिम बढेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्