कलंकी– नाकढुंगा– नौबिसे यात्रा : मालवाहक गाडी रोक्दा पनि राहत नमिल्ने सडक

काठमाडौं– उपत्यकाबाट बाहिरिने र भित्रिने सबैभन्दा व्यस्त नाका नौबीसे नागढुंगा सडकमा बिहिबारबाट ठुला मालवहाक गाडी प्रवेदशमा रोक लगाइयो । यो निर्णयलाई दशै यात्रा सहज गर्ने अभियान भनिएपनि कलंकी–नाकढुंगा–नौबिसे सडक खण्डको जाम कम हुन सकेको छैन ।
दसैंको समयमा हुने सवारी चापलाई ध्यानमा राखेर एक हप्ताका लागि ठुला गाडी प्रदेशमा रोक लगाइएको प्रहरीले बताउँदैगर्दा सडकमा कुनै सहजताको अनुभुति भईसकेको छैन । सवारी ब्यवस्थापनका लागि राजमार्गमा चौबिसैघन्टा प्रहरी परिचालित भएका छन् । तर उनीहरुको उपस्थितिको प्रभाव खासै नदेखिएको यात्रुहरुको गुनासो छ । ठुला सवारी साधनका कारण राजमार्गमा घन्टौ जाम हुने गरेको आरोप लागेपछि नारायणघाट–काठमाडौं सडकखण्डमा पनि ठूला मालबाहक साधनलाई प्रतिबन्ध लगाइएको छ । अनि दसैंमा चल्ने लामो तथा छोटो दूरीका हरेक सवारीसाधनले अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ ।
उपत्यकाबाट बाहिरिने थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजुलगायतका नाका र ब्यस्त चोकमा मापसे लगायतको चेकिङ तीव्र बनाइएको छ । प्रत्येक टिकट काउन्टरमा सादा पोसाकमा प्रहरी परिचालन गरेर ठगी रोक्ने प्रयास गरिएको सरकारी दाबी छ । तर टिकट सकिएको भन्दै उपभोक्ता ठगिनेक्रम रोकिएको छैन । टिकट ब्लाकमा काटेर महंगो शुल्क असुलेको गुनासो पनि कतिपयले गरेका छन् । अनि व्यवसायीलाई सोध्दा उनिहरु भनिरहेका छन्– गाडि सिमित छ यात्रु धेरै टिकट सकिएकै हो, गाडी थपेर भएपनि यात्रुलाई सहज यात्रा गराउँछौँ । तर व्यवसायीले भनेजस्तो सहज छैन, टिकट पाउन र यात्रा गर्न । थपिएका गाडिमा बस्नका लागि समेत असहज सिट छ, अनि भाडा ठूलो र आरामदायी गाडी स्वसरहकै छ ।
सरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गरुन भनेर देशैभरि रूट परमिट खुला पनि गरेको छ । तर काठमाडौंबाट बाहिरिने यात्रुको सास्ती हिजो भन्दा आज झन–झन बढिरहेको छ । एकातिर कोचाकोच र असहज यात्रा अर्कोतर्फ कलंकी देखी सुरु हुने नाकढुंगा–नौबिसेसम्मको जाम यसले रमाईलो माहौँल बुनेर जन्मथलो फर्किदैगरेको हँसिलो अनुहारमा निरासा र आलश्य बढाइरहेको छ । आखिर यो बिवशता कहिलेसम्म ?
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्