Techie IT
Mission Khabar

सार्वजनिक रुपमा भ्रष्टाचार नगर्ने शपथ, सुरक्षित स्थान खोज्दै घुसको कारोबार


काठमाडौं– सरकारले गत असोज १७ गते सबै कर्मचारीलाई भ्रष्टाचार नगर्ने कसम खान निर्देशन दिएपछि कार्यालय प्रवेश गर्नुअघि सबैले शपथ पनि खाए । तर, घुस लिन्नौँ भन्दै शपथ खाने कर्मचारीको प्रवृत्ति भने सुध्रिएको छैन ।

बरु प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी घुस लिँदालिँदै कार्यालय समयमै पक्रा परे । यसरी पक्राउ परेका र संलग्नता खुलेका १९ जना कर्मचारी अहिले अख्तियारको मुद्धामा छन् । अख्तियार दुरुपयोग आयोगका प्रवक्ता रामेश्वर दंगाल भन्छन्– प्रधानमन्त्री कार्यालयको निर्देशन र शपथको उपलब्धि नै देखिएन । कर्मचारी यति अटेर भए कि आफ्नो आनिवानी सुधार्न कत्ति पनि तयार छैनन ।

यो एक साता बिचमा मालपोत, शिक्षा कार्यालय लगायतका अधिकांश सरकारी अड्डाका कर्मचारी अख्तियारको फन्दामा परेको दृष्टान्तले घुष संस्कृति सबै क्षेत्रमा ब्याप्त छ भन्ने खुलाएको छ । हल्का तरिकाले सुधारको अपेक्षा गर्नु सरकारकै लागि चुनौती बन्न सक्छ । यसर्थ कडा कदम चालेर भ्रष्टाचार रहित नेपालको परिकल्पना गर्ने हो कि ?


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्