भारतसँग साईनो राख्ने मानव तस्करीको ट्रान्जिट, खाडी मुलुक पठाउन लागिएका ८ नेपाली चेली भारतबाट उद्धार

काठमाडौं– देशमा बेचबिखन बिरुद्धका विभिन्न अभियान चलिरहेका छन् । बालबालिका र टेलिबेटी बेचबिखन बिरुद्धको अभियानका लागि भन्दै सयौँ एनजिओ आईएनजिओ खुलेका पनि छन् । तर मानव तस्करहरुको सञ्जाल अझै तोडिएको छैन । बरु खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागिएका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ ।
दिल्ली महिला आयोगका अनुसार पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट आठ महिलालाई उद्धार गरिएको हो । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको खुलेको छ । उद्धार गरिएकामा १९ देखि ३७ वर्ष उमेर समूहका महिलाहरु छन् । मानव तस्करले पीडित महिलालाई बस र ट्रेनबाट दिल्ली पुर्याइएको खुलेको छ । गत साउनमा पनि पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६ १६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो । भारतीय बाटो हुँदै बैदेशिक रोजगारीमा पठाउन तथा भारतीय बजारमा बेच्नका लागि लगिएका नेपाली नारीहरु विभिन्न समयमा चलाईने महिला बेचबिखन बिरुद्धका अभियानका कारण उद्धार गरिदै आएका छन् ।
घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतका देशबाट विदेशिने महिलाहरुको संख्या पछिल्लो समय बढ्दो छ । निजी घर र होटलमा लगेर राखिएका यस्ता महिलाहरु निक्कै धेरै संख्यामा हुनसक्ने बताइन्छ ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्