Techie IT
Mission Khabar

दसैंको प्रभाव : २५ लाख बाहिरिदा सुनसान बन्दै काठमाडौं


काठमाडौं– दसैं सुरुभएसँगै देशभरका शक्तिपिठ र घरघरमा नवदुर्गाको पूजाआजा गरिदैछ । दिनहुँ फरक–फरक देवि र शक्तिपिठको पूजाआजा चलिरहँदा शिक्षा र अवसरको खोजि गर्दै काठमाडौं भित्रिएकाहरु जन्मघर फर्किने क्रम पनि बढेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंका लागि आइतबार बिहानसम्म १९ लाख ७३ हजार ३ सयले काठमाडौं छाडेका छन् । असोज ५ गतेदेखिको तथ्यांक हेर्दा करिब २० लाख दसैं मनाउन काठमाडौंवाट बाहिरिइसकेको देखिन्छ । दुई दिनदेखि काठमाडौंवाट बाहिरिनेको संख्या बढेका कारण करिब २५ लाखले काठमाडौं छाड्ने अनुमान गरिएको छ । पछिल्ला दिनमा दैनिक डेढ लाखले काठमाडौं छाड्ने गरेको रेकर्ड छ । शनिबार मात्रै १ लाख ५९ हजार ७४० यात्रुले काठमाडौं छाडेकोमा शुक्रबार १ लाख ५७ हजार ९ सय ५१ यात्रु दशैं मनाउन काठमाडौंबाट बाहिरीएका थिए । आइतबार, सोमबार र मंगलबार तीन लाखसम्मले काठमाडौं छाडने अनुमान प्रहरीको छ ।

मंगलबार विहानसम्म करिव २५ लाख मानिस काठमाडौंवाट दसैं मनाउन बाहिरिने अनुमान छ । ट्राफिक प्रहरीले मोटरसाइकल र नीजि गाडीमा काठमाडौं बाहिर जानेको तथ्यांक नराखेका कारण यो संख्या अझ बढ्नसक्ने देखिन्छ । दशैमा चाडमा टाढा–टाढा रहेका मानिसहरु आफ्ना मान्यजनवाट टिका थाप्न र आफन्तसँग भलाकुसारी घर्न जन्मघर फर्किदा काठमाडौं सुनसान हुने गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्