दसैंको मासुमा काठमाडौंमा मात्रै ५० करोड खर्च, देशभर १० अर्ब बढीको मासु खपत
काठमाडौं । अघिल्लो बर्षको तुलनामा खसीको मासुमा २० देखी १०० रुपैयाँले महंगो भएपनि काठमाडौं उपत्यकामा करिब ६० हजार खसिबोका खपत भएको छ । निजी क्षेत्रका ४० हजार बढी खसिबोका काठमाडौंमा खपत हुँदा खाद्य संस्थानले २२ सय खसिबोका तथा भेडाच्याङग्रा बेचेको छ ।
स्वदेशी उत्पादनले उपभोक्ताको माग धान्न नसेका कारण व्यापारीहरुले भारत र चीनबाट पनि खसिबोका तथा च्याङग्रा आयात गरेर उपत्यकाको माग पुरा गरेका छन् । नेपाल खाद्य संस्थानले शुक्रबार देखी खसीबोका तथा च्याङ्ग्रा विक्री गरेर अस्टमीसम्म करिब २२ सय खसिबोका बेचेको छ । यता, निजी क्षेत्रबाट प्रतिकिलो ५ सय ७० रुपैयाँमा जिउदो खसी बिकेको छ । प्रति किलो मुल्य दशैसागै बढेको हो । संस्थानले प्रतिकिलो ५ सय १० र च्याङ्ग्रा ७ सय १० रुपैयाँमा विक्रि वितरण गरेको थियो । बजारमा मासुको मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिएको गुनासो बढिरहँदा काठमाडौं उपत्यकामै अस्टमिसम्म ५० हजार खसिबोका भेडाच्याङग्रा खपत भएका छन् ।
नेपालमा मासुको माग धान्नका लागि भारतबाट वर्षेनी ३ लाखको हाराहारीमा खसीबोका भित्राइन्छन् । यस्तै चिनबाट पनि ११ हजार बढी भेडाच्याङ्ग्रा भित्रने गरेको तथ्यांक छ । यो बर्ष दशैको मासुकै लागि ६ अर्ब बढी रकम विदेसीएको अनुमान छ । कृषीमाथीको आत्मनिर्भरता बारे सरकारले कुनै योजना अघि बढाउन नसक्दा बर्षेनी दशैको मासुका नाममा अरबौं रकम बिदेशिएको छ ।
दसैंको अष्टमिसम्ममै काठमाडौंमा मात्रै ५० करोडको मासु खपत भएको अनुमान छ । देशभर १० अर्ब बढीको मासु खपत भएको अनुमान छ । टिकाको दिनसम्म पनि खसि काट्ने प्रचलन भएकाले अझै मासुको खपत बढ्न सक्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्