Techie IT
Mission Khabar

नवरात्रीको अन्तिम दिन सिद्धिदात्रीको पूजा आराधना गर्नेहरुको शक्तिपीठमा भीड


काठमाडौं – बिहिबार, नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई हरेक दिन पूजा आराधना गर्ने क्रम समापन हुने दिन । माता दुर्गाको नवौं शक्तिको रुपमा रहेकी सिद्धिदात्रीको पूजा आराधना गरेपछि नवरात्र समाप्त हुन्छ ।
सिद्धिदात्री सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छिन् । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने जन विश्वास रहिआउको छ । सिद्धिदात्री देवीलाई ब्रम्हाण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ । त्यसैले नवरात्रको दिन विभिन्न शक्तिपीठमा भक्तजनको भीडा लाग्छ ।
काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना भएको छ । यो क्रम आजबाट समाप्त हुँदैछ । रातिबाट नवरात्र सकिएसँगै शुक्रबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । आज परिवारजनहरु आपसमा भेला भएर सहभोज गर्ने र रमाइलो गर्ने गर्दछन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्