Techie IT
Mission Khabar

लोप हुने अवस्थामा पिङ, सिप हस्तान्तरण र कच्चा पदार्थ अभाव मुख्य कारक     


काठमाडौं – दशैं र पिङ पहिले पहिले एक अर्काका पर्याय जस्तै थिए । मनोरञ्जनको साधन मात्रै होइन् पिङ, केटाकेटीसँगै बुढापाकाहरु पनि पिङसँग रमाउथे । ‘दशैंमा एकचोटि धर्ती छोड्नुपर्छ’ भन्दै पिङको खोजी गर्ने प्रचलन थियो । तर, पछिल्ला वर्षहरुमा पिङ बिस्तारै लोप हुँदै जान थालेको छ । अनि मनोरञ्जन र दशै परम्परामा फेरबदल देखिन थालेको छ ।

पहिले–पहिले एउटै गाउँमा थुप्रै पिङ हालिन्थे । पिङले दसैं आएको संकेत गर्थे । तर, आजकल पिङ भेट्टाउनै मुस्किल छ । सामाजिक सञ्जालमा व्यस्त शहरिया युवाहरु पिङमा मच्चिन खासै रहर गर्दैनन् । गाउँका युवाहरुमा पनि पिङको सिप छैन । कच्चा पदार्थ अभाव र सिप अभावमा पिङ हराउन थालेको कतिपयको बुझाई छ । रुखको हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनको टुप्पामा बाँधिएको गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन पिङ हो । दशैंमा एक पटक पिङ्ग खेल्नै पर्छ भन्छन् अग्रज सांस्कतिविद्हरु। पिङको माध्यमबाट जमिनमा रहेका मसिना किरा फटेङ्ग्राहरु नकुल्ची आकासतिर उड्नुले वर्षभरी आफूले गरेको पाप काटीने धार्मीक विश्वास छ । वैज्ञानिक दृष्टिकोणले पनि महत्वपुर्ण मानिने पिङ इतिहास बन्ने अवस्थामा छ । गाउँघरमा खेतीपातीमा खटिएका मानिसले दशैंलाई सुस्ताउने र रमाइलो गर्ने मौकाका रुपमा सदुपयोग गर्ने पिङ अपहले थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन् र स्वस्थ्य भइन्छ भन्ने मान्यताको खिलाप बनिरहेको छ ।

यसरी बनाइन्छ लिंगेपिङ

कतै सालका लिङ्गा ल्याएर त कतै बाँसका खाँबा ल्याएर पिङ थाप्ने गरिन्छ । जंगल नजिक भएका बस्तीमा सालका ४ वटा लाछ्रा ९कलिलो साल० ल्याइन्छ । साल काट्न कडाई गरिएसँगै गाउँघरतिरै बाँस किनेर वा बाँस भएकासँग मागेर पिङको चार वटा लिङ्गाको जोहो गर्न थालिएको छ । परम्परागत रुपमा बाबियो घाँसबाट लठारो बाट्ने गरिएपनि सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा रबाबियोसमेत गाउँघरमा पाइन छाडेपछि बिकल्प खोज्न थालिएको छ ।

कतै नाइलनको लठ्ठा बनाएपनि लिङ्गो बनाउने, गाड्ने, खरालो हाल्ने र पिङ बाट्ने काम झण्झटिलो हुँदा पिङ परम्परा लोप हुँदैछ । पिङको संरक्षणमा कतै–कतै युवाहरुले समूह बनाएर सक्रियता देखाएका पनि यो प्रयास न्युन देखिन्छ । रोजगारीका लागि युवाहरु विदेशिने कारण गाउँघर नै शुन्य हुँदा समेत पिङको खोजि कम हुँन थालेको छ । भएका युवा पनि पढाइ र रोजगारका लागि शहरी क्षेत्रमा बस्ने र दशैंको मुखमा मात्र गाउँ जाने भएकाले पिङ बनाउने क्रम संकटमा छ ।

मनोरञ्जनका बैकल्पिक साधनको विकास हुनु र घुमघाम र जुवातासको नसामा रमाउनेहरु बढ्नाले पनि पिङ परम्परा भावि पुस्ताले संग्रहालयमा खोजनुपर्ने हो कि भन्ने देखिन्छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्