Techie IT
Mission Khabar

प्याजको बहुउपयोगिता : तरकारीको पुरक मानिने प्याज भिटामिन, पोषक, पथरीका लागि उपयोगी


काठमाडौं – नेपाल, भारत लगायतका देशमा आलुपछि सबैभन्दा बढी प्रयोग गरिन खाद्य पदार्थ हो, प्याज । लगभग सबैजसो तरकारीमा प्याजको प्रयोग गरिन्छ । अझ, सलादमा पनि उपयोगी मानिन्छ, प्याज ।

शाकाहारीहरुले लसुन प्याजलाई नरुचाएपनि प्याजका कयौं गुणहरु हितकर पाइएका छन् । तर प्याज एक बेजोड खालको औषधि भएको खुलेको छ । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि लाभदायी पाइएको छ । यसको सेवनले इम्युनिटी पावर बढाउछ । अनुहारमा नरम पन , आखाँको ज्योती बढाउन, पोषक तत्व, भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ प्याजबाट पाइन्छ ।
११ प्रतिशत कार्बोहाइड्रेट पाइने प्याजले गर्मिबाट पनि बचाउँछ । गर्मिमा तातो हावा चल्दा लू लाग्ने सम्भावना हुन्छ । यस्तो स्थितिमा काचो प्याज अचूक औषधि मानिन्छ । काचो प्याजको रस पैताला र हत्केलामा दल्दा फाइदा जनक हुन्छ । यसका साथै जिउमा दल्दा पनि फाइदा हुने विभिन्न अध्ययनले देखाएका छन् ।

डिहाइड्रेसनको पीडामा पर्नेले दही, मोहीमा काचो प्याज मिसाएर खाएमा राहत मिल्छ । अपको समस्या हटाउन पनि प्याज उपयोगी मानिन्छ । पथरीको समस्या छ भने विहान खाली पेटमा दुई चम्चा काचो प्याजको रस पिउदा फाइदा पुग्छ । प्याजको रसलाई चिनिसँग घोलेर खाँदा स्टोनको समस्या निधान हुन्छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्