Techie IT
Mission Khabar

दसैं मान्न जन्मघर पुगेकाहरु कर्मथलो अर्थात काठमाडौं पर्किनेक्रम तिब्र, शान्त शहर केही दिनमै कोलाहल बन्ने


काठमाडौं – आफन्तसँग भलाकुसारी गर्दै तनावरहित रुपमा दसैं मान्न भन्दै जन्मथलो पुगेकाहरु कर्मघर अर्थात कोलाहल शहर काठमाडौं फर्किनेक्रम विजयादशमीको टिकासँगै सुरु भएको छ । यो क्रम शनिबारबाट भने केही बढेको छ ।

दसैंमा घर फर्किनेहरुका कारण कंक्रिड शहर काठमाडौं केही शान्त र सुनशान बनेपनि अब पुरानै गतिमा फर्किनेक्रमको थालनी भएको छ । अर्थात शनिबार बिहान मात्रै दशौँ हजार सर्वसाधारण काठमाडौं खाल्डो फर्किएका छन् । यो क्रम शनिबार साँझबाट झनै बढ्ने प्रहरीको आँकलन छ । सार्वजनिक सवारीमा मात्रै बरिब २१ लाख यात्रु काठमाडौंबाट दसैं मान्न बाहिरिएको तथ्यांक राखेको ट्राफिक प्रहरीले अबको तीन दिनभित्रै १० लाख बढी काठमाडौं भित्रिने अनुमान गरेको छ । योसँगै काठमाडौंको भीडभाड फेरी पुरानै गतिमा जाने देखिन्छ । टिकाको दिन सार्वजनिक सवारी नचलेर हैरानी व्यहोरेका सर्वसाधारणले अबको केही दिनबाट जाम भीडभाड र कोलाहलको हैरानी व्यहोर्नुपर्नेछ ।

शुक्रबारपनि सयौँ सार्वजनिक गाडीमा हजारौँ यात्रुहरु काठमाडौं भित्रिएका थिए । यो संख्या आजबाट १० औँ हजारले बढ्ने देखिन्छ । अहिलेसम्म काठमाडौंको यातायात व्यवस्था सामान्य रहेको र काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी पनि निर्वाद् रुपमा चलिरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्