नक्कली नोट सहित पक्राउ, प्रहरी सक्रियताको उपलब्धि कि बढ्दो जोखिम ?

काठमाडौं– काठमाडौंको मच्छेगाउँबाट नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली नोट बनाउने प्लेट सहित पक्राउ गरेका पाँच जनाको साथबाट ३ लाख ७५ हजार नेपाली नक्कली नोट बरामत गरेको हो।
बजारमा एक हजार रुपैयाको नक्कली नोट फेला परेसँगै प्रहरीले चलाएको खोजी अभियानका क्रममा पर्साका ईन्द्रबहादुर श्रेष्ठ, राजु श्रेष्ठ, गोर्खाका नारायण श्रेष्ठ, मकवानपुरका साहिल थापामगर र काठमाडौं कागेश्वरी मनहरा घर भएका बिकास दोचे पक्राउ परेका हुन् । किर्तिपुर चार मच्छेगाँउमा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको पाइएपछि बजारमा केही नक्कली नोट पुगेको अनुमान सहित प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको पनि जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ । यता, चाबहिलवाट पनि १ हजार दरका २९ वटा नोट सहित दुई जना पक्राउ परेका थिए । बा ४५ प ८०६६ नम्वरको स्कुटरमा लुकाइराखेको अवस्थामा नक्कली नोट फेला पारेको थियो । केही दिनअघि पनि नक्कली नोट सहित महाबौद्धवाट पदमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्