Techie IT
Mission Khabar

दसैंमा बन्द भएका सरकारी कार्यालय आइतबारबाट खुले, सेवाग्राही नपाउँदा कर्मचारी फुर्सदिला


काठमाडौं– दशैका कारण बन्द रहेका सरकारी कार्यालयहरु आइतबारदेखि नियमित सञ्चालनमा आएका छन् । दसैँ बिदा सकिएसँगै सरकारी कार्यालयको कामकारबाहीले नियमितता पाएको हो ।

सरकारी कार्यालयसँगै दसैँ मनाएर फर्किनेहरु बढेसँगै निजी कार्यालयहरु पनि खुल्न थालेका छन् । तर राजधानी बाहिर जानेहरुको जमात ठूलो भएका कारण र जन्मघर पुगेकाहरु सबै नफर्किएका कारण खुलेका कार्यालयहरु पनि सुनसान छन् । सेवाग्राहीको उपस्थिति निक्कै न्युन देखिदा कर्मचारी फुर्सदिला बनेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्