निर्मला बलात्कारपछि हत्या घटनाबारे एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई सोध्ये गृहले स्पष्टिकरण, दुबै बर्खास्ती हुनसक्ने
काठमाडौं– कञ्चनपुरस्थित निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावपछि गृहले आइतबार दुबैजना प्रहरी अधिकारीमाथी २४ घण्टे स्पष्टिकरण सोधेको हो । गृहबाट सोधिएको स्पष्टिकरणपत्रमा निर्मला प्रकरण छानबिनमा किन र के कारणबाट गम्भीर लापरबाही गरेको र सेवाबाट किन बर्खास्त नगर्ने भन्ने ब्यहोरा उल्लेख गरिएको बताइएको छ ।
प्रहरी ऐन अनुसार गृहसचिव वा गृहबाट तोकिएका अधिकारीले स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा बर्खास्ती गर्नसक्ने व्यवस्था छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्