Techie IT
Mission Khabar

नेप्से फेरी ओरालो लाग्ने क्रममा, सोमबार दुबै सुचक घटेको नेप्सेमा मंगलबार सुधार होला ?


काठमाडौं – सोमबार नेप्सेका दुबै सुचक घटेका छन् । एक दशमलव ९८ अंकले नेप्से घटेर १२ सय ५४ दशमलव ४१ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव २८ अंकले घटेर दुई सय ६५ अंकमा झरेको हो ।

एक सय ४१ कम्पनीले सोमबार ३ हजार ४ सय ९९ वटा कारोवार गर्दा ७ लाख ३० हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको थियो । सोमबार १६ करोड ९८ लाख ७८ हजार ९ सय ९० रुपैयाँ को सेयर कारोबार भएको थियो । ११ वटै समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक बढेपनि बाँकी आठ वटा समुहको सुचक घटेको थियो । बाणिज्य बैंक समुहतर्फको सुचक एक दशमलव छ अंकले घटेर ११ सय ५ दशमलव ३४ अंकमा पुग्दा ११ करोड १७ लाख २५ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि चार दशमलव ६६ अंकले घटेर १३ सय ४९ दशमलव १४ अंकमा पुग्दा ७२ लाख ४६ हजार एक सय रुपैयाँको कारोवार बताइएको छ । ट्रेडिङ, निर्जिवन बीमा, उत्पादनमुुलक, लघुबित्त र जीवन बीमा समुहको सुचक सोमबार घटेको छ । विकास बैंक समुहको सुचक भने सात दशमलव १४ अंकले बढेर १४ सय ९७ दशमलव ४८ अंकमा पुगेकोमा ८१ लाख ९३ हजार ६ सय ६० रुपैयाँको सेयर कारोवार भएको छ ।

होटल र फाईनान्स समुहको सुचक बढ्दा बढी कमाउने कम्पनीको सुचीमा नेपाल सेवा लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउनेमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ । रकम कारोवारका आधारमा भने प्रभु बैंकले पैलो स्थान ओगटेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्