Techie IT
Mission Khabar

फेरिए नेपाल प्रहरीको प्रवक्ता, शैलेश थापा बढुवा भएपछि उत्तमराज सुवेदीले पाए जिम्मेवारी


काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पाएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुवेदीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाही बारे सञ्चार माध्यममा सूचना तथा जानकारी सम्प्रेषण गर्नका लागि भन्दै यसअघि प्रवक्ता भएका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्