जेनेभामा पुगेर मन्त्री थापाले भनिन्–नेपालको संविधान महिलामैत्रीसँगै दक्षिण एशियाकै मार्गदर्शन हो

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताएकी छिन् ।
स्विजरल्याण्डको जेनेभामा बुधबार आयोजित महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि सिड मा नेपाल सरकारका तर्फबाट छैटौं प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले यस्तो बताएकि हुन् । महिलाको अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको उनले प्रतिबद्धता जनाएकी थिइन् । महिला हिंसा र लैङ्गिक विभेदको अन्त्य गर्दै समावेशी तथा समानतामूलक समाज निर्माणमा सरकार कटिवद्ध रहेको दाबी गरेकी मन्त्री थापाले नेपालको संविधान महिलामैत्री र दक्षिण एशियाकै उत्कृष्ट मार्ग दर्शकका रुपमा रहेको बताइन् ।
कार्यक्रममा नेपालको संविधानले शिक्षा, स्वास्थ्य, सञ्चार, सम्पत्ति, प्रजनन स्वास्थ्यलगायत कुरामा महिलालाई विशेष ध्यान दिएको बताउँदै राज्यका तीन तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएको मन्त्री थापाले जानकारी गराएकि थिइन् । संघीयताको कार्यान्वयवनसँगै कानुन तथा ऐन निर्माणको क्रममा रहेको र पूर्ण रुपमा ऐन तथा कानुनको निर्माण पश्चात महिला हिंसाको पूर्ण रुपमा अन्त्य हुने दावि उनको थियो । बढ्दै गएको बलत्कार रोकेर अपराधीलाई कारबाहिको दायरामा ल्याउन सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता प्रकारका अपराधिक क्रियाकलापमा संलग्न जो कोही कानूनी कठघरामा ल्याइने मन्त्री थापाको जिकिर थियो ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जेनेभामा भएको उक्त कार्यक्रमको महिला, कानून तथा विकास मञ्चले प्रत्यक्ष प्रसारण पनि गरेको थियो ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्