एक स्मरण : राष्ट्रपतिको टिका र हाम्रो स्वाभिमान

पुण्यप्रसाद धमला । काठमाडौं– मलाई पछिल्लो घटनाक्रम र परिस्थितिले आजभन्दा ७ बर्ष अघिको त्यो दिन स्मरण गराएको छ । २०६८ असोज १९ गते, विजया दशमिको टिकाको दिन ।
यहि दिन हो जतिवेला मैले राष्ट्र प्रमुखको हैसियतमा पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग दशैको टिका ग्रहण गरेको थिए । सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागी रहर मात्रै बन्दैनन्, कतिपय चाड आफन्त र आफ्नाबाटै टाढै रहेर मनाउनुपर्ने हुन्छ । दशैमा घर जान नपाएपनि राष्ट्र प्रमुखको हातबाट टिका थाप्न पाएकोमा गर्भले छाति फुलेको थियो । थुप्रै आफन्त र साथीभाइले बधाई दिएका थिए, मलाई पनि राष्ट्रपतिसँग टिका थाप्न इच्छा छ, खै सबैको इच्छा कहाँ पुरा हुन्छ र पनि भनेका थिए ।
सात बर्ष अघि, पहिलो राष्ट्रपतिबाट टिका थाप्नेहरुको भीड निक्कै ठूलो थियो । त्यो दिनको झण्डै आधा दिन जति राष्ट्रपतिको सरकारी निवास शितल निवासमै बिताएको थिए, मैले । किनकी विशिष्ट व्यक्तिहरुको राष्ट्रपतिसँगको टिका ग्रहणको दृश्यांकन गरेर खबर पस्कनुपर्ने जिम्मेवारी मेरो काँधमा थियो । राम्रोसँग जिम्मेवारी बहन गरेजस्तो लाग्छ, मुल्यांकन मैले भन्दा मेरो त्यतिबेलाको नेतृत्व र दर्शकले गरे होला, यो जिम्मा उनिहरुलाई नै छोडिदिए मैले । तर त्यो टिकामा मैले विभेद पटक्कै देखिन, उभिएर वा बसेर आफ्नु अनुकुलता अनुसार टिका ग्रहण गरिएको थियो । त्यो दिन कसैलाई पनि कुर्सी थिएन् ।
हिजो र आजलाई तुलना गर्न मैले पटक्कै गरेको छैन, स्मरण मात्रै गरेको हो । विगत स्मरण गरिरहँदा वर्तमानले भने कताकता मलाई गिज्याइरहेको छ । कारण राष्ट्रपतिको टिका विभेद र सर्वत्र भैरहेको चर्चा परिचर्चा र हिजो मेरो मानस पटलमा घुमिरहेको छ ।
राष्ट्रपति कार्यालय र सरकारले टिकामा उठेको प्रश्नमा जवाफ नदिइरहँदा मेरो मनले आफैलाई सोधिरहेको छ– घुँडा टेक्ने दोषी कि टेकाउन बाध्य पार्ने ?
हैन, दृश्य पनि गजब कै छन्, नातागोता, प्रधानमन्त्री मन्त्रीगढ केही बिशिष्टले कुर्सी पाएका छन्, आसन पनि गज्जबकै छ । तर प्रहरी प्रमुख, पूर्व बिशिष्ट अनी केही नेतागढ घुँडा धरेर टिका ग्रहण गर्ने । अति नै बेमेल बाहिरिएको छ । विभेद झल्किएको छ ।
अहँ, यति हुँदा पनि राष्ट्रपति कार्यालय बोल्दैन, सरकार बोल्दैन, मेरो अन्तरआत्माले जवाफ मागिरहेको छ, गणतन्त्र र राष्ट्र प्रमुखको गरिमा नै घटाउने लज्जाबोध किन भैरहेको छ ?
हिजो मलाई राष्ट्रपतिबाट टिका लगाउन पाए हुन्थ्यो नि, खै कसरी आउला र मौका भन्नेहरु नै अहिले भन्न थालेका छन् । नव सामान्तहरुसँग टिका लगाउनु परेको छैन । तन्त्र फेरिएपनि प्रवृत्ति फेरिएनछ । सार्वभौम सत्ता जनातामा निहित भनिए पनि पारा उहि राजा र रैती जस्तै । मलाई बुज्रुक ठानेर जवाफ खोजिरहेका छन् । मेरा आफन्त र साथीभाईहरु तर म नाजवाफ छु । मेरो मन बोलिरहेका छ, म जस्तै हजारौँ सामाजिक सञ्जालमा बोलिरहेका छन् । तर अहँ न राष्ट्रपति कार्यालय बोल्छ न सरकार नै ।
लोक हँसाउने म जस्ता धेरैको स्वाभिमान गिराउने हदैसम्मको लज्जाबोध अब दोहोरिनु हुन्न । बाहिर केही नबोले पनि घुँडा टेक्नेहरुको आत्मा यसैगरि बोलिरहेको होला ? मनमनै भित्रभित्रै । बश, मेरो भन्नु पनि यति हो, राष्ट्रपति पद र संस्थाको गरिमा बचाउनुपर्छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्