निर्मला बलात्कारपछिको हत्या प्रकरण : एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त
काठमाडौं– निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरण छानबिनमा लापरवाही गरेको आरोप खेप्दैआएका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्ट सेवाबाट बर्खास्त गरिएका छन् । प्रहरी अधिकृत द्धय विष्ट र भट्टको स्पष्टीकरण चित्तबुझ्दो नभएको निश्कर्षसहित गृहमन्त्रालयले बिहीबार दुबैलाई बर्खास्त गरेको हो ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । यसअघि नै विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दोश्रो पटक सोधिएको स्पष्टिकरणमा समेत दुबैले लापरवाही नभएको दाबी गरे पछि स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार बर्खास्तको निर्णय गरेको जनाएको छ ।
घटनामा प्रहरीबाट चरम लापरवाही, गैर व्यवसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थालाई समेत बेवास्ता गरेको गृहको आरोप छ । बालिका हराएको खबर आएपछि तत्काल खोजतलास नगरेको, बलात्कार तथा हत्यासँग सम्बन्धी प्रमाणहरु भित्री वस्त्र पानीमा चोपल्नु, यौनाङ्ग तथा तिघ्रा पखाल्ने, कपडाहरु हराएको, नेपालमा नभएका मृतकका बाबुको दस्ताखत गराइएको तथा मृतकको शव जनाउन अनावश्यक दबाव दिएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले बर्खास्तीको प्रक्रिया अघि बढाउन गृहलाई शिफरिस गरेको थियो ।
यता, निर्मला बलात्कारपछिको हत्या घटनाको छानविनका लागि गठित समितिले अनुसन्धानका क्रममा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले लापरवाही गरेको ठहर गर्दै प्रतिवेदन बुझाएको थियो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।
गृहको विज्ञप्ति :
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्