Techie IT
Mission Khabar

हातखुट्टासँगै ६ अंगले समान गतिमा लेख्नसक्ने मनोज चन्द,  भन्छन्–गिनिज रेकर्डको तयारीमा छु


बैतडी– यी हुन एक्कै पटक दुवै हातले संगै कलम चलाउन सक्ने कलाका धनी मनोज चन्द । अद्भुत कलाका धनी बैतडीका उनै चन्द प्रत्येक जिल्लामा आफ्नो कला देखाउने क्रममा दार्चुला पुगेका छन् ।

हालसम्म देशमा ७२ वटा जिल्ला तथा देश विदेशमा समेत आफ्नो कला प्रदर्शन गरिसकेका छन् । उनले सबैभन्दा पहिला थाइल्याण्डको ब्याङ्ककमा गरेका थिए । सिंगापुर, बंगलादेश, फिलिपिन्स, हंकङ र ओमानमा उनले कला प्रदर्शन गरेका छन् । युएई, अस्ट्रेलिया, जापान र कोरिया सहित दश अन्तर्राष्ट्रिय फोरमा उनको प्रतिभाले प्रदर्शन पाएको छ ।

मनोज दुवै हात, कुइना, खुट्टा र मुख गरी शरीरका ६ वटा अंगले समान गतिमा सहजतापूर्वक लेख्नु सक्छन् । धेरैले यो कलालाई अपत्यारीलो कला भन्नेगरेका छन् । यस्तो अपत्यारिलो क्षमता प्रदर्शन गरिरहेका उनी गिनिज बुक अफ रेकर्डमा आफ्नो नाम लेख्ने तयारी रहेको बताउँछन् ।

एकै पटक दुवै हातले समान समयमा वाक्यहरू सुल्टो र उल्टोबाट त्यो पनि समान गतीमा लेख्नसक्ने कलाका धनी मनोज राज्यले कुनै सहयोग नगरेको गुनासो गर्छन । पँहचवालालाई साथ र सहयोग दिने राज्यले आफू सामान्य परिवारको भएकाले वास्ता नगरेको उनको बुझाई छ ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्