Techie IT
Mission Khabar

चाडपर्वको माहौँलले नछोएको बस्ती, सुर्खेतका बाढी पीडितमा गाँस र बासकै चिन्ता (फोटो डायरी)


सुर्खेत–देशभर चाडपर्वको रमझम छ । दशैको रमझम सकिएर तिहार नजिकिदैगर्दा तराईमा छठको उल्लाश बढिरहेको छ । चाडपर्वको चटारोसँगैको उल्लाशमा अधिकांश नेपाली रमाउदैगर्दा चार बर्षदेखी सुर्खेतस्थित भेरी नदीका बाढी पीडित गुजाराकै चिन्तामा छन् ।
जिल्लाको घाटगाउँ, लेखपराजुल, गिरीघाट, झुप्राखोला, मसिना, छिन्चु, भुतेलिताल लगायत क्षेत्रका शिविरमा बस्दै आएका ९ सय ७१ घरधुरी बाढीपीडित चाडपर्वको समयमा पनि बास र गाँसको चिन्तामै थिए ।

अघिल्ला बर्षको दसैंमा सरकार र गैह्र सरकारी संघसंस्थाबाट राहत पाएपनि यो बर्ष कसैले वास्ता नगरेको बाढीपीडितको गुनासो छ ।

ज्यालामजदुरीबाट पेट पाल्दै आएका सुर्खेतका यी बाढी पिडितलाई हातमुख जोड्नै धौ–धौ छ । गैर–सरकारी संस्थाले दिएका त्रिपाल थोत्रा भएपछि घामको ताप र पानीबाट कसरी जोखिने भन्ने चिन्ता बाढीपीडितमा थपिएको छ ।

 खेतीगरौँ जग्गा जमिन छैन । स–साना छोराछोरीलाई दसैंमा नयाँ लुगा र मिठो मसीनो खुवाउन पनि सकिएन्–पीडितहरु गुनासो गर्छन् ।  बाटो किनारमा गिटी र जगंलबाट दाउरा ल्याएर बिहान बेलुकाको छाक टार्दै आएका छन्, बाढी पीडितहरु ।

केही समय अघि मात्रै कर्णाली प्रदेशले कर्णाली प्रदेश बाढीपहीरो समस्या समाधान समिती गठन गरेर ९ करोड बजेट पनि छुट्याएको छ ।

?

तर अहिलेसम्म पनि गाँसको चिन्तामा रहेका सुर्खेतका बाढिपीडित कष्टकर बासभन्दा माथी उठ्न सकेका छैनन । २०७१ सालको भेरी नदि बाढीबाट नदिकिनारका ९ सय ७१ घर धुरी विस्तापित भएका थिए ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्