देशभर मौसममा बदलाब, चिसो बढेसँगै जनजीवन प्रभावित
काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली आएको छ । दसैंअघिसम्म गर्मी महसुस भएका अधिकांश स्थानको तापक्रम दसैंलगत्तै घटेको छ ।
चिसो क्रमिक रुपमा बढ्दा उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताइएको छ । धुँवाधुलो र बढ्दो वायुमण्डल प्रदूषणका कारण पनि चिसो बढेको मौसमविद्हरूको अनुमान छ । अघिल्लो वर्ष कात्तिक १० गते काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएकोमा यो बर्षको सोही दिनको तापमान ८ दशमलव २ डिग्रीमा झरेको छ । शनिबारभन्दा आइतबार अझ तपक्रम घटेर ८ डिग्रीमा झरेको छ । चिसो बढ्ने क्रम जारी रहेकाले अघल्लो वर्षको तुलनामा यो वर्ष बढी चिसो हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
चिसो बढेसँगै काठमाडौं सहित देशभरको जनजीवन प्रभावित हुने क्रम पनि सुरु भएको छ । सर्वसाधारणहरु बाक्लो कपडा र न्यायोका लागि हिटर, दाउरा लगायतका बैकल्पिक श्रोतको जोहो गर्न थालेका छन् । मौसममा बदलाब आउनासाथ रुघा, खोकि र मौसमी ज्वरोका बिरामी बढ्न थालेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्