मौसमी रुघाखोकीको संक्रमण देशभर बढ्दो, न्यानो कपडा लगाउन र खानपानमा ध्यानदिन चिकित्सकको सुझाब

काठमाडौं–मनसुन सकिएर चिसो मौसम सुरु भएसँगै रुघाखोकीको संक्रमण बढ्न थालेको छ । मौसममा आएको बद्लाबसँगै सरुवा रोग सिजनल इन्फल्युएन्जा अर्थात मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका हुन् ।
रुघाखोकी, घाटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने र छाति दुख्ने लक्षण लिएर अस्पताल तथा नीजि क्लिनिक पुग्ने बिरामीको चाप बढन पछिल्ला दिनमा बढ्न थालेको छ । शक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार साविक भन्दा रुघाखोकिका बिरामीको संख्या दोब्बरले बढेको छ । नेपाल जनस्वास्थ्य प्रयोगशालाले पनि जाडोयामसँगै एच वान एन वान र एच थ्रि एन टु नामक इन्फल्युएन्जाको भाइरस संक्रमण बढ्न थालेको जानकारी दिएको छ ।
मौसमी रुघाखोकीका रुपमा देखिने यस्ता भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीहुँदै फोक्सोमा असर गर्ने चिकित्सकहरु बताउँछन् । धेरैमा देखिने संक्रमण मध्ये केहीलाई भाइरसले निकै ग्रस्त बनाउने पाइएको उनीहरु बताउछन् । काठमाडौंका सरकारी अस्पतालमा दैनिक १५ देखि २० जना बिरामी मौसमी रुघाखोकिको समस्या बोकेर पुग्ने गरेका छन् । बिरामीको संख्या यो सिजनमा ४० प्रतिशतले बढ्ने अस्पतालको रेकर्डले देखाउँछ । अझ, तराई क्षेत्रमा विरामीको संख्या अत्यधिक छ । चिसो सुरुभएसँगै रुघाखोकीको संक्रमण देशभर हजारौँमा देखिएको जनस्वास्थ्य प्रयोगशाला बताउँछ ।
चिसो मौसम सुरु भएसँगै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला, दीर्घरोगी, तथा बालबालिका मौसमी रुघाखोकीको जोखिम बढ्नसक्ने भन्दै चिकित्सकले सचेत रहन सुझाब दिएका छन् । मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण बढ्ने हुँदा धुवाँधुलो र संक्रमित व्यक्तिको सम्पर्कमा नआउन सुझाब दिने चिकित्सक भिटामिन सी र डीको सेवन बढी गर्नुपर्ने बताउछन् । न्यानो कपडा लगाउन, प्रशस्त झोलिलो पदार्थ पिउनु र सरसफाईमा विशेष ध्यान दिन पनि संक्रमितलाई चिकित्सकको सुझाव छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्