Techie IT
Mission Khabar

रामेछापको नयाँ अलैची हव, अलैचीबाट लाखौँको आम्दानी गर्छन्, फुलासीवासी


रामेछाप– भनिन्छ, नेपाल कृषि प्रदान देश । कृषिमा आत्मनिर्भर बन्ने भन्दै सरकारले “कृषिमा लगानी” को नारा पनि ल्याएको छ । साथै कृषि क्षेत्रमा राज्यको अनुदान पनि प्रशस्तै जान्छ । तर वास्तविक कृषक अझै पनि अनुदान पाउनबाट बञ्चित छन् ।

राज्यले लगानी नगरे पनि रामेछाप फुलासीका किसान व्यवसायीक अलैची खेतितर्फ आकर्षित बनेका छन् । मन्थली नगरपालिका–१४ फुलासीका एक जना किसानले ८ वर्ष अघि परिक्षणको रुपमा सुरु गरेको अलैची खेती अहिले गाउँभरि नै विस्तार भएको छ । स्थानीय किसान रत्नपति श्रेष्ठले २०६७ सालमा परिक्षणका लागि सुरु गरेको अलैची अहिले गाउँका ४५ घरधुरी भन्दा बढी किसानको खेती बनेको छ । पहिलो कृषक श्रेष्ठले आफ्नो १२ रोपनी जग्गामा अलैची खेती गरेका छन् । उनकै भाइ भुवन श्रेष्ठको ११ रोपनी खेतमा अलैची खेती छ । श्रेष्ठ परिवार मात्रै होइन्, उनीहरुकै सिको गरेर अहिले गाउँले पनि आफ्नो जग्गामा अलैची खेती गरिरहेका छन् ।

एक जनाले सुरु गरेको अलैची खेती अहिले गाउँभरी विस्तार भएको छ । परम्परागत खेती भन्दा दशौँ गुणा बढी आम्दानी गर्दै आएका कृषक सरकारी सहयोग नपाएको गुनासो गरिरहेका छन् ।

पहिले तीस पाथि मात्रै धान फल्ने खेतमा अहिले अलैची लगाएर किसानहरुले वार्षिक एक लाख भन्दाबढी आम्दानी गर्ने गरेका छन् । धान फल्ने जग्गामा के होला कसो होला भन्दै अलैची रोपेका कृषक दशौँ गुणा आम्दानी भएपनि खुसि लागेको बताउछन् । कृषक आफ्नो प्रयासमा केही आम्दानी गरेपनि राज्यबाट अनुदान नपाएको गुनासो गर्छन् । स्थानीय कृषक भुवन श्रेष्ठ भन्छन्–हरिसिद्धि कृषि सहकारी संस्था गठन गरेर सोही सहकारीबाट ऋण लिएर व्यवसायिक खेती सुरु गरेका छौँ ।

फुलासी क्षेत्रको हावापानी अलैची खेतीको लागि उपयुक्त भएको बताउने कृषकले वार्षिक २ टनभन्दा बढी अलैची उत्पादन गर्दै आएका छन ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्