Techie IT
Mission Khabar

काँकडभिट्टा नाकाको राजश्वमा उल्लेख्य बृद्धी, निर्यात न्यून देखिदा आयात अत्यधिक


झापा–पूर्वी नाका काँकडभिट्टा भएर प्रत्येक दिन सयौँ मालबाहक ट्रक नेपाल भित्रिदै आएका छन् । यी ट्रकले ठुलो परिणाममा नेपालमा आवश्यक कोईला, पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामाग्री ल्याउने गर्छन् ।

नेपालबाट यो नाका हुँदै भारत सहितका अन्य मुलुकमा निक्कै कम मात्रै निर्यात भएपनि बढ्दो क्रममा रहेको आयातले राजस्वमा भने वृद्धि भैरहेको छ । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालयबाट सबै भन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको थियो । जतिबेला कुल राजस्वको ३० प्रतिशत पेट्रोलिम पदार्थबाट उठेको छ । यस्तै किलिन्कंर १६, कोईला १३, जुस ६, फलामको धुलो, चिनी, पेय पदार्थ, सुपारी, रेजिन, जिप्सम १/१ प्रतिशत र अन्यबाट २९ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ । यी बस्तुबाट एक वर्षमा १० अर्व १८ करोड २७ लाख २ हजार ३४ रुपैयाँ राजस्व संकलन भएको छ ।

एक वर्षमा यो नाका भएर सबै भन्दा बढि चिया ४४ प्रतिशत निर्यात भएको छ । जसबाट २ अर्ब ८१ करोड ७० लाख ८२ हजार ६ सय १२ रुपैयाँ राजस्व संकलन भएको छ । कर्कट जस्तापाता २४, मुसोरो दाल १५ प्रतिशत, अम्रिसो कुचो ७, काँचो अदुवा ६, सुकेको अदुवा, धानको भुस, मुर्ति, प्लाष्टिकको बिर्को र अन्य गरि १/१ प्रतिशत राजस्व संकलन भएको छ । चिया सहित सबैबाट एक वर्षमा ६ अर्ब ४१ करोड ३९ लाख ५१ हजार ८ सय ८६ रुपैयाँ मेची भन्सार कार्यालयले राजस्व संकलन गरेको छ ।

नेपालमा औद्योगिक क्षेत्र र कृर्षिमा कम लगानी तथा लगानीको सुरक्षा नहुँदा निर्यातको दर कम भएको कतिपयको बुझाई छ । चालु आर्थिक वर्ष ०७५/०७६ को साउन महिनामा ७५ करोड ९५ लाख ८८ हजार, भदौमा ९४ करोड ७२ लाख ९९ हजार र असोजमा ९४ करोड ५४ लाख ६८ हजार ७ रुपैयाँया राजस्व संकलन गरेको छ । यो राजस्व गत आर्थिक वर्ष ०७४/०७५ को अघिल्लो तीन महिनाको भन्दा ६२ करोड २७ लाख ६८ हजार २ सय १६ रुपैयाँले बढि हो ।

विगतमा चोर बाटो भएर धेरै वस्तु नेपाल भित्रिने हुँदा राजस्व छलि हुने गरेपनि अहिले भन्सार कार्यालयमा एकिकृत चेकजाँच प्रणालिद्धारा एक्सरे मेसिन राखिएपछि राजश्व पनि बढेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्