खेती भित्र्याउने चटारोमा कृषक, तिहार भन्दा प्यारो धान (फोटो डायरी)
काठमाडौं\सुनसरी\चितवन–हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहारको रौनकता सुरु भएको छ । यमपञ्चकसँगै झिलिमिलिको माहौँल सुरु हुँदैगर्दा असार र साउनमा धान बाली लगाउन ब्यस्त हुने किसान यतिबेला धान भित्र्याउन व्यस्त छन् ।
कतै खेतमै काट्ने, सुकाउने र झार्ने काम भैरहेको छ भने कही कतै घर वा खाली ठाउँमा धान सुकाउने र झार्ने चटारो छ, कृषकहरुलाई । दशैसँगै सुरु भएको किसनको धान भित्र्याउने व्यस्तता तिहारमा पनि उस्तै छ ।
बाबु बाजेकै पालादेखी खेती किसानीमा लागेकाहरु झुलेको बाला र धानको थुप्रोसँग रमाउने माहौँल पनि हो यो । बर्षभरि नै खेतमा दिन काट्ने कृषकहरु गहुँको सिजनमा गहुँ र धानको सिजनमा धान लगाउन र भित्र्याउन व्यस्त हुन्छन् ।
नेपालमा मकै खेती गर्ने किसान पनि निक्कै धेरै छन् । यसमध्ये पनि मुख्य अन्नबाली धानले अधिकांश कृषकलाई लोभ्याएको छ ।
खेतीकिसानी र उर्बरताको भूमी ठुल्ठुला गगन चुम्बी भवन र प्लटीङका कारण कंक्रिड शहर बन्दैछन् । बढ्दो शहरीकरणले धानको परनिर्भरता बढाएपनि यो बर्षभने धानको उत्पादन बृद्धि भएको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्