तिहारको दोश्रो दिन, यमपञ्चक अन्तर्गत कुकुर पुजा गरेर मनाइदै, हेलामा बाँच्दै काठमाडौंका ४० हजार भुस्याहा कुकुर

काठमाडौं–तिहार अर्थात यमपञ्चकको दोस्रो दिन । यमराजको दूत तथा भैरबको बाहन कुकुरको विशेष पूजा गरी कुकुर तिहार मनाइँदै छ । इमान्दार पहरेदार जन्तुका रूपमा कुकुरलाई वर्षमा एकपटक पूजा गर्ने चलन परापूर्वकालदेखि नै सुरु भएको मानिन्छ ।
कुकुर तिहारको निश्चित साईत र बिधि एकिन नभएपनि फूलको माला लगाइदिने फूलले पुज्ने तथा कुकुरलाई मिष्ठान्न भोजन गराउने प्रचलनले निरन्तरता पाउँदैआएको छ । बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिएको धार्मिक विश्वासका आधारमा पनि यमपञ्चकमा कुकुरलाई पुज्ने गरेको पाइन्छ ।
घरमा कुकुर पाल्दा मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वासले पछिल्लो समय घरमा कुकुर पाल्नेहरुको संख्या बढ्दो छ । मंगलबार बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासले नरक चतुर्दशीमा नुहाउने परम्पराले मान्यता पाएको छ । यो दिन बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिदै आइएको छ । अझ, आयुर्वेदिक मान्यता अनुसार यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्दा शरीर स्वस्थ हुने बताइन्छ ।
बर्षमा एक दिन तिहारको नाममा कुकुरलाई पुज्ने र मिठो खुवाउने परम्पराले निरन्तरता पाउँदा रोगी र बुढ्यौलीमा परेका कुकुरलाई सडकमा छाड्ने प्रवृत्ति बढ्दो छ । काठमाडौंमा मात्रै ४० हजार बढि कुकुर अरुले फालेको फोहोर खाना खाएर हेलामा बाँचिरहेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्