परनिर्भरताको नयाँ अभ्यास, मखमली र सयपत्रीको ठाउँ ओगट्तै कृतिम फूल(फोटो डायरी)

काठमाडौं–तिहार उज्यालो, रंग र फूलको समिश्रणको पर्व । अनि परम्परागत देउसी भैली खेल्दै रमाइलो गर्ने सुनौँलो अवशर पनि । तर विगतमा मखमली र सयपत्री फुलसँग सुगन्ध साटिने यमपञ्चक अर्थात तिहार पछिल्लो समय कृतिम फूलबाट टार्न थालिएको छ ।
कागज र प्लाष्टिकबाट बनाइने कृत्रिम मालाको किनमेल बढ्न थालेको छ । स्वदेशमा प्राकृतिक फुलको ब्यसायीक खेती सुरु भएको खबर पनि पढिरहेका छौँ हामी तर तिहार लक्षित फूल उत्पादनको समय र मौसम मिलाउन नसक्दा कतिपय फूल बारिमै सुकेका छन् । अनि प्राकृतिक रुपमा सजावट दिने सयपत्रि र मखमली फूलका बिकल्प बनिरहेका छन्, कृतिम फूलहरु ।
घरको सजावटदेखि यमपञ्चकका हरेक दिनहुँदै भाईटिकासम्म फूलकै प्रयोग गर्ने गरिन्छ । विगतमा सयपत्री, मखमली जस्ता फूलले घर, कार्यालय, मठमन्दिर, विद्यालय सजाइन्थे । तर अहिले सस्तो, टिकाउ, र सहज उपलब्धताका कारण कागज र प्लाष्टिकका कृत्रिम फूलहरुको ब्यापार र प्रयोग बढि हुन थालेको छ ।
एक जना व्यवसायीले कृतिम फूलको माला तिहारमा मात्रै न्युनतम ५० हजारदेखि एक लाखसम्म बेच्ने गरेका छन् । यता, चिकित्सकहरु भने कृतिम मालाको प्रयोगले प्रदुषण बढ्ने र मानव स्वास्थ्यमा हानि हुने बताउँछन, कतिपय जानकारहरु त करोडौँको आर्थिक भार थप्ने कृतिम फूल आयात नै रोक्नुपर्ने बताउछन् ।
जग्गा र सिँचाइको सुविधा, फूलखेतीमा लगानीको वातावरण, दक्ष जनशक्तिको प्रवन्ध र पूर्वाधार तर्फ सरकारले ध्यान नदिने हो भने फूलले आत्मनिर्भरता होइन, परनिर्भरता झनै बढ्ने देखिन्छ ।
क्याटेगोरी :
अर्थ / रोजगार,
कृषी / उद्यम,
देश / प्रदेश,
समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्