Techie IT
Mission Khabar

तिहार लक्षित रंगको व्यापार अनि सप्तरंगी टिका


काठमाडौं– तिहार भन्ने बित्तिकै यमपञ्चकका अन्य पक्ष भुलेर भाईटिकालाई मुख्यदिनका रुपमा लिने गरिन्छ । भाईटिकासँगै जोडिएको अर्को पक्ष हो, सप्तरंगी टिका । तिहारको सबैभन्दा बलियो पक्ष पनि यहि हो ।

तिहारकै कारण अहिले भारतीय बजारबाट लाखौँ मूल्यको रंग नेपाल भित्रिएको छ । काठमाडौं सहित देशभरका चेलिबेटीहरु रंगको जोहोमा लाग्दा दैनिक १ सय देखी ३ सयसम्मको ब्यापार गर्नेहरुले पच्चिस सयसम्मको व्यापार गर्न थालेका छन् । तिहार लक्षित रंग व्यापार गर्नेहरु पनि तिहारको अवधिमा १० हजारदेखी अधिकतम १५ हजारसम्म आम्दानी हुने बताउछन् । अहिले बजारमा ५ रुपैयाँ देखि २५ रुपैयाँ मुल्यका प्याकेट र आवश्यकता अनुसार खुद्रा रंग पाइन्छ ।

लक्ष्मिपुजा र भाइटिकामा खपत हुने भएकाले विशेषगरी सेतो, रातो, पँहेलो, नीलो, हरीयो, सुन्तला र बैजनी गरेर ७ प्रकारका रङको माग र ब्यापार बढेको छ । आरोग्य, शान्ति, निरोगीता, स्थायीत्व लगायतका विभिन्न सात कोणबाट रंगको महिमालाई बर्णण गर्ने गरिएको छ । रुपमा लक्ष्मीपुजाको दिन लक्ष्मीको पाइला तथा रङ्गोली बनाउने प्रचलन बढ्दा रङको खपत झनै बढ्दो छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्