Techie IT
Mission Khabar

शिक्षकलाई तलब खुवाउन देउसीभैलो, म्याग्दीको दीपशिखा माविले संकलन गर्यो १ लाख ५३ हजार दानभेटी


म्यग्दी–जिल्लाको मङ्गला गाउँपालिका–१ कुहूमा रहेको एक विद्यालयले निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन भन्दै खेलेको देउसीभैलोबाट १ लाख ५३ हजार संकलन गरेको छ ।

कुहूस्थित दीपशिखा माविले कात्तिक १९ देखि २२ गतेसम्म आयोजना गरेको देउसीभौलोबाट १ लाख ५३ हजार दानभेटी जुटाएको हो । निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न यो रकम खर्च गरिने बताइएको छ । पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो खेलिएको थियो ।

देउसीभैलोको संस्कृतिमा बिक्रिति बढ्दैगर्दा यो विद्यालयले भने संस्कृति जोगाउने अभियान मार्फत विद्यालयको सुधारलाई पनि प्राथमिकता दिएको हो ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्