Techie IT
Mission Khabar

चार बर्षदेखीको पुनःनिर्माण उल्झन, जिर्ण बालगोपालेश्वर मन्दिरमा जोखिम मोलेर भाइटीका (फोटो डायरी)


काठमाडौं–दिदीबहिनी तथा दाजुभाई नभएकाहरुले यो बर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइरहेका छन् ।

विगत बर्षमा बालगोपालेश्वरको मुर्ति बाहिर राखेर पूजा र भाइटीका लगाउने गरिएपनि यो बर्ष जोखिम मोलेरै जिर्ण मन्दिरमा टिका लगाइदैछ ।

पुनःनिर्माण समयमै हुन नसक्दा बर्षमा एक दिन मात्रै खोलिने मन्दिर सधै खुल्ला जस्तै बनेको छ भने शैली र मापदण्ड बिवादका कारण ऐतिहासिक रानीपोखरी कुरुप बन्दैछ ।

इतिहास र संस्कृतिको एउटा धरोहर मानिने रानिपोखरी पछिल्लो समय झारपोखरीका रुपमा परिचित बन्दा पनि राज्यको मौनता तोडिएको छैन ।

बरु भाइटीकाको इतिहास र एउटा छुट्टै महिमा जोडिएको रानिपोखरी र मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिर आफै संकटमा छन् ।

 


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्