Techie IT
Mission Khabar

भाइटीकाको रौनक : राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति सहित पूर्व राजा ज्ञानेन्द्रले लगाए टीका


काठमाडौं– तिहार अर्थात यमपञ्चकको अन्तिम दिन शुक्रबार हिन्दुहरुले भाइटीका लगाउँदैछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार ११ बजेर ५५ मिनेटबाट भाइटीकाको माहौँल सुरु हुँदैछ ।

यसपछि साँझसम्म टिका लगाउन मिल्ने बताइएको छ । भाइटीकालाई दाजुभाई र दिदीबहिनिबीचको आत्मियताको पर्व पनि भन्ने गरिएको छ । आजको दिन टिका ग्रहण गर्दा दाजूभाईको दिर्घायु हुने तथा रोगव्यादी र भयबाट मुक्तिमिल्ने धार्मिक विश्वास रहिआएको छ ।

यता, बिहिबार नै नेवारी समूदायको म्हःपुजा सकिदाँ आज महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइदैछ । भैयादुजामा गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने गरिन्छ ।

ज्ञानेन्द्र शाहको टिका
पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट भाइटीका लगाएका छन् । कमलादीस्थित बहिनी शाहीको घरमा पुगेर पूर्वराजा शाहले बिहान ९ बजेर ५० मिनेटमा भाइटीका लगाएका हुन् । टिका ग्रहणपछि शुभकामना दिदै पूर्वराजा शाहले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनुपर्ने भन्दै देशबासीबीचको एकता र स्थायीत्वको कामना गरेका थिए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विहान ११ बजेर ५५ मिनेटको उत्तम साहित सार्वजनिक गरेपनि पूर्व राजा शाहले आफ्नै पुरोहितले निर्धारण गरेको साइतमा भाइटीका लगाउदै आएका छन् । यहि परम्परालाई निरन्तरता दिदै शाहले दुई घण्टा पहिले टिका लगाएका थिए ।

राष्ट्रपति टिका
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी निवास शितल निवासमै कान्छो भाई डेगेन्द्र पाण्डेलाई भाइटीका लगाईदिएकी छिन् ।

राष्ट्रपतिले ११ः ५५ को साईतमै टीका लगाइदिएकी हुन् । उनका दुई भाईहरु अमेरिकामा छन् ।

उपराष्ट्रपति टीका
उपराष्ट्रपति नन्दबहादुर पुनलाई नाताका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइदिएका छन् । उनको निजी सचिवालयका अनुसार एक मात्र दिदि गृहजिल्ला रोल्पामै रहेका कारण शुभ साइतमै नाताका बहिनीसँग उपराष्ट्रपतिले टीका लगाएका हुन् ।

प्रधानमन्त्री टिका
प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमै आफ्ना दुई बहिनीसँग भाइटीका ग्रहण गरे । बहिनी बिष्णुमाया ढकाल र कमलादेवी कोइरालाका हातबाट प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन् ।  यता, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बिरिष्ठ नेता माधबकुमार नेपालले भने भाइटीका लगाएनन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्