Techie IT
Mission Khabar

ग्यास बुलेटले किच्दा आमाछोरीको गयो ज्यान, घाइते चालक प्रहरी नियन्त्रणमा


धादिङ–धादिङको बेनीघाटस्थित विशालटारमा भारतीय ग्यास बुलेटले किच्दा स्थानीय दुई जनाको ज्यान गएको छ । ग्यास बुलेटले थिचेर ज्यान गुमाउनेमा बेनिघाटका गीता नेपाली र उनकी छोरी सुनिता नेपाली रहेको प्रहरीले जानकारी दिएको हो ।

सडकबाट करीब ५० मिटर तल खसेको ग्यास बुलेटले गोरेटो बाटोमा हिडदै गरेका आमाछोरीलाई किचेको थियो । दुर्घटनामा सामान्य घाइते भएका चालक भारतीय नागरिक भोलाकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि ग्यास बुलेटमा लागेको आगो स्थानीय र सुरक्षाकर्मीले निभाएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्