Techie IT
Mission Khabar

चिकित्साशास्त्रमा आर्थिक चलखेलको आरोप, कहिले हुन्छ त्रीवी विवादमुक्त ?


काठमाडौं– चिकित्साशास्त्र अध्ययनको कोटा निर्धारणमा आर्थिक चलखेल भएको भन्दै विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालय अगाडी भेला भएर विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको  चिकित्साशास्त्र अध्ययन संस्थानको कोटा निर्धारणमा आर्थिक चलखेल भएको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्नुपर्ने उनीहरुको माग थियो । आर्थिक चलखेल गरेर  चिकित्साशास्त्र अध्ययनको कोटा निर्धारण हुने क्रम बढेको भन्दै कामना केसीले बिरोध गलत प्रबृत्ति सुधार्न खबरदारी भएको बताइन् । मेरिटको आधारमा चिकित्साशास्त्र अध्ययनको कोटा निर्धारण नगरिएकोमा आन्दोलनरत विद्यार्थीको आपत्ति थियो । ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थी कसरी कोटामा परे भन्दै चिकित्साशास्त्र अध्ययनको कोटा निर्धारण बारे विद्यार्थीले डीनसँग प्रश्न गरेका छन् ।

मेरिटको आधारमा कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको विद्यार्थीको यो आरोप पहिलो भने होइन् । चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्साशास्त्र अध्ययनका लागि निर्धारण गर्ने विद्यार्थी कोटा र छनौट सधै बिवादमा पर्दैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्