आठ बर्षदेखी दाम्लोमा बाँधिएको एउटा जीन्दगी, सहयोगी हातको खाँचो

दोलखा–शैलुङ गाउँपालिका–८ शैलुङ्गेश्वर चिलाउने खर्कका सुब्बा तामाङ १३ वर्षका भए । शारिरिक अपाङ्गता भएका तामाङ सँगैका साथीभाई जस्तो एक आपसमा खेल्ने र विद्यालय जाने गर्दैनन् । बरु उनी ८ बर्षदेखी दाम्लोमा बाँधिएका छन् ।
तामाङको दैनिकि आफ्नै घरको खोरमा ८ वर्षदेखि दाम्लोमा बाँधिएर चलिरहेको छ । शारीरिक रुपमा अपाङ्गता भएकै कारण उनी घर नजिकै बाख्रा बाँध्नका लागि वनाइएको जस्ताको खोरमा बाँधिएर बस्न बाध्य छन् । २०६२ साल जेष्ठ ७ गते जेठो छोराको रुपमा जन्मेका सुब्बा २०६६ सालमा एक्कासि विरामी भए । त्यसपछि उनको शरिर विस्तारै कमजोर भयो अनि शरिरका अङ्ग नचाल्ने भएपछि उनी दाम्ले जीवन बाँचिरहेका छन् । आमा सिता तामाङ धेरै धामी झाँक्रीकोमा पुर्याएको र अस्पताल धाउँदा पनि निको नभएको बताउँछिन् । ४ वर्षदेखी अहिलेसम्म डोरीमा बाँधेर राख्नुपरेको बाध्यता सुनाउछिन उनी ।
आफू दाम्लोमा बाँधिएको छु भन्ने यी १३ बर्षिय बालकलाई कत्ति पनि पत्तो छैन । कुनै कुराको प्रतिक्रिया दिन नसक्ने उनी कसैसँग दोहोरो कुराकानी नै गर्दैनन् । आफ्ना छोराछोरीलाई दाम्लोमा बाँधेर राख्ने रहर कसलाई पो होला ? अहँ यो रहर होइन बाध्यता बनेको छ, तामाङ परिवारलाई । एकातिर घना जंगल अर्कोतिर भीर छाडिदिउँ हराउने डर, बाध्यताको दाम्लो छुटाउनै मिल्दैन, आमा सिता दुखेसो पोख्छिन् । घरमा कोही हेर्ने मान्छे भएको बेला दाम्लोबाट छुटकारा पाउने यी अबोध बालक अधिकांश समय दाम्लोमै हुन्छन् । मेलापात नजाम कसरी परिवार पालौँ भन्ने चिन्ता जाउँ घर छोडेर जाँदा बाख्रासँगै खोरमा बाँधेर जानुपर्ने बाध्यता ।
उपचारका लागि परिवारले सक्दो प्रयास पनि नगरेका होइनन् । ऋण गरेर पनि उपचार गरेका तामाङ परिवार सबै विकल्प सकिएपछि चिन्तामा छन् । श्रीमानको मजदुरीमा सामान्य गुजारे चल्दै आएको सिताले बताइन् । खेतवारी पनि धेरै छैन, आफन्त र छिमेकीसँग ऋण र सापटी लिएर उपचारमै खर्च गरिसक्यौँ तर पनि छोरोलाई निको पार्न सकिएन्, सिता आँखा परि आँसु पार्दै भन्छिन्, भाग्य नै खोटी भएपछि कस्को के लाग्छ र ।
घरमै बाँधेर राख्नुभन्दा बरु यस्तै बालबच्चाहरू राख्ने ठाउँ भए त्यही लगेर राख्ने मनसायमा छन्, अहिले तामाङ परिवार । तर उनीहरुले त्यस्तो संस्था र सहयोगी मनको साथ पाएका छैनन । सरदमुकाम चरिकोटसम्म लगेर छोराको अपाङ्गता परिचयपत्र पनि बनाए उनीहरुले तर पहेँलो कार्ड बनाइदिएकाले सरकारबाट पाउने सेवासुविधा केही पनि पाएनन् । स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गरेको छोरालाई दाम्लोमा बाँधेर राख्ने तामाङ परिवारको बाध्यतामा, सहयोगीहरुको साथ चाहिएको छ ।
क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्