Techie IT
Mission Khabar

राज्यले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्छ : व्यवसायी भट्टराई


रामप्रसाद भट्टराई । काठमाडौं – देश विकासको मेरुदण्डका रूपमा रहेको यातायात क्षेत्र सबै क्षेत्रबाट प्रताडित छ । राज्य, राजनीतिज्ञ अनि सेवाग्राहीबाट उचित मुल्यांकन हुन नसक्दा उपेक्षित र उत्पीडित बनिरहेका छन्, यातायात ब्यवसायी, मजदुर अनि यातायात क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि । यातायात मजदुरलाई निक्कै तल्लो स्थर बाट हेरिने हेपिने तितो सत्य हामिमाझ छिपेको छैन ।

यातायात ब्यवसायीहरु विभिन्न समस्याबाट दिन प्रतिदिन ग्रसित बनाउने वर्तमान परिस्थिति र सोचमै परिवर्तन आवश्यक हुन थालेको छ । विगत देखि हालसम्मका सरकारले यातायात क्षेत्रलाई एउटा ठूलो व्यवसायका रुपमा पहिचान नगरेर अनि समय अनुसार सुधार नगर्दा समस्याग्रस्त बन्दै आएको छ । परिवर्तित व्यवस्था अनुसार देशको बिधि बिधान अनि राज्य सञ्चालन पद्धति परिवर्तन भै सकेको वर्तमान अवस्थामा राष्ट्रिय विकासको मेरुदण्ड मानिने यातायात क्षेत्र समयसँगै परिस्कृत हुन सकिरहेको छैन ।

सबै क्षेत्र र हरेक सेवाग्राहीहरु कुनै न कुनै रुपमा जोडिने यातायात क्षेत्रको सुधार गरेर उत्कृष्ट सेवा प्रवाह गराउन सरकारले यातायात प्राधिकरण तत्काल गठन गरि समस्या समाधान गर्न जरुरी देखिएको छ ।

केही ब्यक्तिको ब्यक्तिगत स्वार्थ पुरागर्न विशेष गरेर केही यातायात कम्पनीसँग मिलेर सिण्डिकेटको नाममा पुराना ब्यवसायी पलायन गर्न खोजिदैछ । अझ, काठमाडौं उपत्यकाको सडकले थेग्नै नसक्ने गरि गाडी भित्र्याउने गरिएपनि सडक र गाडीको आवश्यक व्यवस्थापन गर्न सकिएको छैन ।

सडक र सवारीलाई व्यवस्थित गर्न अब यातायात प्राधिकरण अपरिहार्य जस्तै बनेको छ । काठमाडौ उपत्यकालाई पुरानो गाडीको डम्पिङसाईट बनाउने की यातायात क्षेत्र र यहाँ भएको लगानीलाई सुरक्षित गर्ने ? यसबारे राज्यले बेलैमा सोच्नुपर्छ ।

(लेखक कान्तिपुर यातायात व्यवसायी संघका सचिव हुन् ।)


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्