Techie IT
Mission Khabar

जापानले दियो चार करोड बढी अनुदान, एनजिओ मार्फत पहिरो र बाढीको जोखिम न्यूनिकरणमा खर्च गरिने


काठमाडौं– जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरण तथा विस्तारका लागि भन्दै चार करोड ३९ लाख अनुदान उपलब्ध गराएको छ ।

बाढी पहिरो न्यूनिकरणका लागि नेपालस्थित जापानी दूतावास मार्फत जापानकै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सप्लानीरलाई अनुदान उपलब्ध गराइएको हो । पहिरो तथा बाढीको जोखिम न्यूनिकरणमा खर्च गरिने उक्त अनुदान सप्लानीरमार्फत ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसकारी संस्थामा हस्तान्तरण हुने बताइएको छ ।

अनुदान रकम पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा खर्च गरिनेछ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्