कोलम्बो प्रोसेसको २७ बुँदे काठमाडौं घोषणापत्र, कामदारको स्वास्थ, सुरक्षा र अधिकार प्राथमिकतामा

काठमाडौं– आप्रवासी कामदारको सुरक्षा र अधिकारको लागि समन्वय तथा सहकार्य गर्ने निर्णय सहितको २७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेर कोलम्बो प्रोसेस बैठक सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौमा बसेको वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका १२ देशको मन्त्रीस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेर सम्पन्न भएको हो । बैठकले कामदारको स्वास्थ्य, सुरक्षा, अभिमुखीकरण तालिम तथा भर्ना प्रक्रियालाई सहज बनाउने निर्णय गरेको छ । सहमतीका आधारमा जारी घोषणापत्रमा अलपत्र कामदारको समन्वय गरी उद्धार, बिप्रेषण पठाउदा लाग्ने लागतमा कमी ल्याउनेलगायत विषयमा सहकार्य गर्ने उल्लेख छ । यस्तै न्यूनतम ज्याला निर्धारण, रोजगारीको सुरक्षा, बिमा लगायतका बिषय पनि २७ बुदे घोषणा पत्रमा समावेश भएका छन् ।
बैठकमा मुख्य गरेर कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य र महिला आप्रवासी कामदारको समानतामा गहन छलफल भई, सहकार्य गर्ने सहमती जुटेको छ । बैठकमा कोलम्बो प्रोससमा आबद्ध सदस्य राष्ट्र नेपाल, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्ड, बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का र भियतनामका प्रतिनिधिमण्डल सहभागी थिए ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्