Techie IT
Mission Khabar

अन्यौलमा फोहोर र दुर्गन्धको दिगो व्यवस्थापन, क्लिन काठमाडौंमा महानगरले नै दिएन साथ


काठमाडौं– हिजो र आज काठमाडौंको परिचयमा बद्लाब आएको छ । उच्च शिक्षा र अवशरको खोजिको एक मात्र गन्तब्य काठमाडौं उपत्यका अहिले अव्यवस्थित शहर र ट्राफिक जामको कोलाहल शहरका रुपमा परिचित बन्न थालेको छ । अव्यवस्थित काठमाडौंमा अर्को झन ठूलो समस्या छ त्यो हो, फोहोर व्यवस्थापन ।

सरकारले निजी क्षेत्रसँग सम्झौता गरेर फोहोर र दुर्गन्धको दिगो व्यवस्थापन गर्न खोजेपनि काठमाडौं महानगरपालिका नै यो अभियानको बाधक बनिरहेको छ । आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने यो महानगरको कस्तो काइदा ? सर्वसाधारण प्रश्न गरिरहेका छन् । महानगरसहित पहिलो चरणमा काठमाडौंका ९ वटा नगरपालिकाको एकीकृत फोहर व्यवस्थापन गर्नेगरी नेप वेस्ट प्रालीसँग गत फागुनमा सम्झौता भएन ।

असारमा परियोजना समेत स्विकृत भएपनि फोहोर व्यवस्थापनको काम अझसम्म सुरु हुन सकेको छैन । परियोजना विकास सम्झौता स्वीकृत भएको ३ महिना भित्र फोहर संकलनको सुरुवात, कामदारहरुको समायोजन, उपकरण र औजारहरुको हस्तान्तरण गरिसक्ने सहमती भएपनि पुरा हुन सकेन ।

काठमाडौं महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा कार्यरत १ हजार ६ कर्मचारीको बर्षभरीको तलब एकमुष्ट महानगरको खातामा जम्मा गर्नुपर्ने र फोहोर व्यवस्थापनमा प्रयोग गरिएका गाडी तथा अन्य उपकरण प्रचलित मुल्यमा खरिद गर्नुपर्ने सर्त अघि सारेपछि नीजि क्षेत्रले फोहोर व्यवस्थापनको काम सुरु गर्न नसकेको हो । महानगरको नयाँ पाँच बुँदे मागले अहिले काठमाडौंको फोहोर पूर्ण रुपमा उठ्न सकेको छैन । यता, मध्यस्थकर्ताको रुपमा रहेको लगानी बोर्ड सबैको सहयोग लिएर फोहोरको दिगो व्यवस्थापन गर्न आफू क्रियाशिल रहेको बताइरहे पनि सफल हुन सकिरहेको छैन ।

काठमाडौं उपत्यकाको एकीकृत फोहोर मैला व्यवस्थापन परियोजना अन्र्तगत पहिलो चरणमा कामनपा सहित दक्षिणकाली, गोकर्णेश्वर, बुढानिलकण्ठ, तारकेश्वर, टोखा, चन्द्रागिरी, नागार्जुन, शंकरापुर, कागेश्वरी, मनोहरा नगरपालिका छन् । प्याकेज २ मा ललितपुर महानगरपालिका तथा कीर्तिपुर, महालक्ष्मी र गोदावरी नगरपालिका तथा प्याकेज ३ मा भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमी र सुर्यविनायक नगरपालिकाको फोहोर व्यवस्थापन गरिने उल्लेख छ ।

काठमाडौं महानगरको थप सर्तनामाका कारण पहिलो चरणको परियोजना अघि बढ्न सकेको छैन भने काठमाडौंमा फोहोर थुप्रिने क्रम पनि बढिरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्