Techie IT
Mission Khabar

संघीय राजधानी काठमाडौँको उपहार, प्रदुषण र ट्राफिक जाम


काठमाडौं– बढ्दोे सवारी साधनलाई सही रुपमा व्यबस्थापन गर्न नसक्दा काठमाडौँ जामै जामको शहर बनेको पनि निक्कै लामो समय भयो । ट्राफिक जाम एउटा जटिल समस्या बन्दै गर्दा यसबारे व्यवहारिक समाधान अझै खोजिएको छैन ।

धुलो धुवा अनि घटौँसम्म हुने जामका कारणले राजधानीका सर्वसाधरण सास्तीमा परेका छन् । प्रदुषण मात्रै होइन्, घण्टौँसम्म जाममा पर्दा बिहान बेलुका मजदुरी गरेर जीबन गुजरा गर्नेहरु समयमा काममा नपुग्दा अझ बढी समस्यामा छन् । निरन्तरको जामकै कारण समयमा अस्पताल पुग्न नपाउदा कैयौँ सर्वसाधरणले अकालमा ज्यानसमेत गुमाउनु परिरहेको छ ।

सवारी साधन बढ्दैगर्दा सडकको क्षमता विस्तार गर्न सकिएको छैन । विस्तरित सडकहरु पनि बर्षौँसम्म निर्माण हुन नसकेर हिलो र धुलोको जोखिम बनिरहेका छन् । उपत्यकाका सडकमा देशभरका सवारी आवत जावत गर्ने भएकाले र गाडी अनुसार सडक पूर्वाधार नहुँदा बढि जाम हुने गरेको ट्राफिक प्रहरीको दाबी छ । २०७१ मा सरकारले दुई वर्ष भित्रमा सबै २० बर्ष पुराना सवारी साधन हटाई सक्ने प्रावधान ल्याएपनि अहिलेसम्म पुरा भएको छैन ।

पुराना सवारी साधनको व्यवस्थापन नगर्ने अनि दैनिक नयाँ सवारी साधन थपिए अनुसार सडक पूर्वाधारको विकास नगर्ने हो भने काठमाडौं जाम र कोलाहलबाट मुक्त हुने सम्भावना देखिदैन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्