Techie IT
Mission Khabar

विदेश भ्रमण मोहले धमिल्यायो चिरिबाबुको छवी, ७ सय ५३ स्थानीय तहलाई उछिन्ने रेकर्ड


ललितपुर–भ्रमण स्वदेशको होस् वा विदेशकै किन नहोस कुनै न कुनै उद्देश्य केन्द्रित हुन्छ । अझ, बैदेशिक भ्रमणमा त व्यक्तित्वको क्षमता र वृत्ति विकास जोडिएको हुन्छ । तर हाम्रा जनप्रतिनिधिहरुमा रमाइलो गर्ने अनि घुमघाममा रम्ने होडवाजी चलेको छ, आजकल ।

मौका मिल्यो कि घुम्न निस्किहाल्ने होड चल्दा र बिलासितामा रमाउदा घाउँघरमा सिंहदरबार सार्ने राजनीतिक भाषण गफ सावित भएको छ । कारण अधिकांश स्थानीय तहले जनमुखी सेवा प्रवाह गर्न नसक्नु । विलासितामा खासै नरमाएपनि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विदेश भ्रमणमा भने किर्तिमान कायम गरेका छन् । महर्जनको व्यक्तित्व विकासमा भ्रमण भयो भएन उनैले जानुन तर उनको कार्यकालमा नगरबासीमा खासै उत्साह थपिएको छैन । बरु विगत र वर्तमानमा खासै फरक अनुभव नभएको बताइरहेका छन्, स्थानीयहरु । महानगरको कार्यसम्पादन सन्तोसजनक नभएपनि प्रमुख महर्जनको विदेश भ्रमणको गति भने निकै तेज देखिएको छ । सोमबार राति मात्रैपनि महर्जन भियतनाम उडे । उनले कार्यकालको यो अवधिसम्म १० पटक विदेश भ्रमण गरेर देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखलाई उछिनेका छन् ।

सबैभन्दा बढी विदेश घुम्ने प्रमुखको रेकर्ड बनाएका प्रमुख महर्जनको रेकर्ड तोड्ने होडमा कति जनप्रतिनिधि अग्रशर हुन्छन् ? यो भने समयले देखाउँला । जनताको सेवक बन्ने भन्दै चुनाव जितेका महोदयहरुको यस्तो विलाशिता सच्चिनुपर्छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, यातायात / यात्रा, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्