Techie IT
Mission Khabar

एशिया स्वच्छ व्यवसाय सम्मेलन–२०१८ काठमाडौंमा हुँदै, दिगो विकासको लक्ष्य


काठमाडौं–‘एशीया स्वच्छ व्यवसाय सम्मेलन–२०१८’ काठमाडौंमा आयोजना हुने भएको छ । फेयर ट्रेड ग्रुप, नेपालको पहलमा आगामी बिहिबारदेखि काठमाडौं सम्मेलन सुरु हुने भएको हो ।

३ दिनसम्म चल्ने सम्मेलनमा एशीया र विश्वभरका स्वच्छ व्यवसाय संगठनमा आवद्ध प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । दिगो विकास लक्ष्य हासिल हुने गरी स्वच्छ व्यवसायलाई अघि बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजकको दाबी छ । व्यवसायीहरुका स्टल पनि रहने सम्मेलनले स्वच्छ व्यवसायको मूल्यांकन पद्धति, बजार विस्तार र प्रवद्र्धनका विविध विषयमा छलफल गरी ठोस रणनीति तय गर्ने बताइएको छ ।

एशीयाली राष्ट्रका मुख्यमुख्य सहरमा हरेक २ वर्षमा आयोजना हुदै आएको यो सम्मेलनका लागि यस वर्ष काठमाडौ छनौटमा परेको हो ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्