Techie IT
Mission Khabar

डडेल्धुरा दुर्घटना अपडेट :मृतकको संख्या १८ पुग्यो, २५ घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार हुँदै


डडेल्धुरा– डडेल्धुराबाट डोटी जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । डा. केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ बाट रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १८ जनाको मृत्यु भएको हो ।

१० जनाको घटनास्थलमा र ८ जनाको जिल्ला अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १८ पुगेको हो ।दुर्घटनाबाट घाइते भएका २५ जनाको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको छ ।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका भक्तजनले लगेको स्कुल बस मेला भरेर फर्किने क्रममा दुर्घटनामा परेको हो ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्