निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम मंसिर १ बाट लागू हुँदै, श्रमजीविलाई राहत

काठमाडौं– आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले निवृत्तिभरणसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मङ्सिर ११ गते प्रधानमन्त्री केपी ओलीबाट देशभर लागू हुन लागेको हो ।
संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरे अनुसार सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो कार्यक्रममा समावेश हुनेले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्धावस्था सुरक्षा लगायतका सुविधा पाउनेछन् । योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत नवृत्तिभरण र निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति दिने व्यवस्था गरिएको छ ।
निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हक अधिकार स्थापित गर्ने र रोजगारदातालाई कामदारप्रतिको जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्